Home / Feature Breaking news / घर हिडेका मजदुरहरु (तस्वीर)

घर हिडेका मजदुरहरु (तस्वीर)

घोराही, ८ वैशाख

विश्वभर फैलिउको कोरोना भाईरसको संक्रमण नेपालमा फैलन नदिनकालागि नेपाल सरकारले चैत ११ गतेदेखी देशभर लकडाउनको घोषणा गरेको छ । लकडाउन घोषणाको करिब एक महिना पुग्नै लाग्दा मजदुर वर्गहरु बढि मारमा परेका छन् ।

मजदुरी गरेर जिवन यापन गर्ने वर्गका व्यक्तीहरु लकडाउनको मारमा परेका छन् । विशेष गरि जिल्लाबाहिर कामको शिलशीलामा पुगेका नेपालीहरुमा खाद्यान्यको समस्या भएपछि घर पुग्नकालागि पैदल यात्रा गर्ने गरेका छन् । विशेष गरि काठमाडौ र आसपासका जिल्लाहरुमा मजदुरी गर्नकालागि पुगेका नेपालीहरु घर पुग्नकालागि राजमार्गमै पैदन हिड्ने गरेका छन् ।

12

नेपाल सरकारले आफुहरुको समस्या नदेखेका कारण घरै पुगेर जे जसो होला खाउला र परिवारसँगै बसौला भनेर हिडेका राप्तीको सल्यान, रुकुम, रोल्पा, प्यूठानका मजदुर एवं काठमाडौ पढ्ने विद्यार्थीहरु दाङहुदै पुग्ने गरेका छन् । उनी कतै हिडेरै दुरी पार गर्ने गरेका छन् भने कतै सहयोगी हातहरुको सहयोगमा यातायात एवं खानाको व्यवस्गा उपभोग गर्ने गरेका छन् ।

9

आईतवार रोल्पा, सल्यान र रुकुमका करिब एक सय व्यक्तीहरुलाई त्रिभुवननगर जेसीज र साई मन्दिरमा बास बसाएर यातायातको व्यवश्था सहित गन्तव्यमा पठाईएको छ । दाङ चेम्बर अफ कमर्स, घोराही उपमहानगरपालिका वडा नम्बर १५ र त्रिभुवन नगर जृेसिजको सक्रियतामा उनीहरुलाई गन्तव्यमा पठाईएको हो ।

तस्वीरहरुः

11 13 10 7 6 5 4 3 2 1

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*