Home / Feature Breaking news / दुष्मनले मलाई भुमरीमा पठाए : महरा

दुष्मनले मलाई भुमरीमा पठाए : महरा

दाङ,१२ फागुन । पूर्व सभामुख कृष्णबहादुर महराले आफुलाई दुष्मनले भुमरीमा पठाएको बताएका छन । काठमाडौ जिल्ला अदालतले सफाई दिएपछि पहिलो पटक दाङ आईपुगेका दाङ क्षेत्र नं. २ का सांसद कृष्णबहादुर महराले दुष्मनले आफुलाई भुमरीमा पठाएपनि आफुले त्यो लडाई जितेर आएको बताएका हुन ।

घोराहीको गुम्राहचोकमा उपस्थीति कार्यकर्ता तथा शुभेच्छुकलाई सम्वोधन गर्दै पूर्वसभामुख महराले दुष्मनका कारण आफु तीन महिना भुमरीमा बसेको बताएका थिए । ‘दुष्मनले मलाइ तीन महिना भुमरीमा पठाए, मैले त्यो लडाई लडे र जिते’, उनले भने,‘ त्यो जित मेरो होइन,तपाई जनताको जीत हो ।’ जनताको माया, समर्थन,विश्वास र सद्भावका कारण आफुले जीत हासिल गरेको बताएका थिए ।

उनले आफु नेपाली रहेको भन्दै नेपालको राष्ट्रियता स्वाधिताको रक्षा गर्ने आफ्नो दायित्व भएको बताए । ‘म राष्ट्रियता, स्वाधिन्ता र स्वतन्त्रताका लागि हिजो लडे, आज पनि लडिरहेको छु र भोली पनि लड्ने छु’, उनले भने । महलाई घोराहीसँगै भालुवाङ, सिसहनिया, लमही र चौघेरमा कार्यकर्ता, शुभेच्छुक र जनताले माला तथा अविरलगाएर स्वागत गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*