दाङ, १४ असाेज
राष्ट्रिय लाेक तथा दाेहाेरी गीत प्रतिष्ठान नेपाल दाङले असाेज १७ गते घाेराहीमा बृहत् सांस्कृतिक कार्यक्रम गर्ने भएकाे छ ।
नेपालीकाे महान चाड विजयादशमीकाे अवसरमा शुभकामना अादान प्रदान तथा सांस्कृतिक कार्यक्रम गर्ने प्रतिष्ठानले मंगलवार पत्रकार सम्मेलन गरेर जानकारी दिएकाे छ ।
कर्मचारी मिलन केन्द्रमा हुने सांस्कृतिक कार्यक्रममा कलाकारहरू चन्द्र शर्मा, सन्दिप न्याैपाने, यादवनाथ याेगी, विपिन घिमिरे, भूमिका गिरी, नन्दा बस्याल, टीका जैसी, देवेन्द्र बस्नेत, देवकला बस्नेत, प्रेम शर्मा, प्रेम विवश घर्ती, शालिकराम चाैधरी, पिताम्बर रिजाल, खड्ग शर्मा लगायतकाे प्रस्तुती रहने पत्रकार सम्मेलनमा जानकारी गराईएकाे थियाे ।
विहान ११ बजे देखि साँझ ६ बजेसम्म कार्यक्रम हुने र कार्यक्रम निशुल्क हुने प्रतिष्ठानका अध्यक्ष राजेन्द्र दाहालले जानकारी दिनुभयाे । त्यस अवसरमा लाेक तथा दाेहाेरी गीत प्रतिष्ठान दाङका सल्लाहकारहरुलाई स्वागत सम्मान गरिने छ ।
प्रतिष्ठान दाङका अध्यक्ष राजेन्द्र दाहालकाे अध्यक्षतामा भएकाे थियाे ।