Home / समाचार / धारापानी महायज्ञमा १३ लाख ७४ हजार दान संकलन

धारापानी महायज्ञमा १३ लाख ७४ हजार दान संकलन

घोराही, १२ फागुन

पाण्वेश्वर महादेव मन्दिर धर्ना धारापानीमा शनिवारदेखी सुरु भएको महायज्ञमा १३ लाख ७४ हजार दान संकलन भएको छ ।

पाण्डवेश्वर धामको पूर्वाधार विकास र बृहत् आध्यात्मीक पर्या–पर्यटकीय केन्द्रको स्थापनार्थ आयोजना गरिएको ‘।ीमद् भागवत सप्ताह तथा धनधान्याचल ज्ञान महायज्ञ–२०७५’ मा आईतवार १३ लाख ७४ हजार ७ सय ६३ रुपैया दान संकलन भएको महायज्ञ आयोजक मूल समितिले जानकारी दिएको छ ।

महायज्ञको दोस्रो दिन घोराही उपमहानगरपालिका वडा नम्बर ६ का प्रेमबहादुर नेपालीले १० लाख बराबरको २ कठ्ठा दान गर्नुभएको छ । उहाँले घोराही उपमहानगरपालिका ६ जजरागाँउमा रहेको २ कठ्ठा जग्गा दान गर्नुभएको हो ।

53053579_2193393290922693_8123896770271903744_n

यस्तै घोराही १७ गुलरियाका धनबहादुर कृीले १ लाख ५५ हजार ५ सय ५५, घोराही १७ बेलभारका गिरिराज अधिकारील ५१ हजार १ सय ५५, अमेरिका भर्जीनियाबाट सन्तोष पौडेल र निकीता पौडेलले २५ हजार ५ सय ५ रुपैया दान गर्नुभएको छ ।

त्यसैगरि शुभलक्ष्मी बचत तथा ऋण सहकारी संस्था लिमीटेड गुरुवागाँउबाट २१ हजार १ सय ११, कचिलानगर टोल विकास संस्थाले ११ हजार १ सय ११, तनहुबाट फनिन्द्र रानाभाटले १० हजार ५ रुपैया दान गर्नुभएको आयोजक मूल समितिका संयोजक गणेशकुमार अधिकारीले जानकारी दिनुभयो ।

निशुल्क बस सेवा

पाण्डवेश्वर मन्दिर धारापानीमा आयोजना गरिएको महायज्ञसम्म पुग्नकालागी घोराहीबाट निशुल्क यातायात सेवा सुरु गरिएको छ ।

महायज्ञ स्थलसम्म पुग्नकालागी घोराहीबाट निशुल्क रुपमा बस सञ्चालन हुने आयोजकले जानकारी दिनुभयो । घोराहीको बालमन्दिरबाट तुलसीपुर चोक हुँदै सहिद गेटबाट क्याम्पस रोड हुदै बस महायज्ञ स्थलसम्म पुग्ने आयोजक मूल समितिले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*