Home / Feature Breaking news / ‘द ब्रेक अप’को ट्रेलर, यूट्यूब ट्रेडिङ सातमा

‘द ब्रेक अप’को ट्रेलर, यूट्यूब ट्रेडिङ सातमा

फागुन १७ लाई प्रदर्शन मिति तय गरिएको चलचित्र द ब्रेक अपको ट्रेलर सार्वजनिक भएको छ । सोमवार सार्वजनिक गरिएको ट्रेलरले युट्युवमा राम्रो चर्चा पाएको छ । सार्वजनिक भएको केहि घण्टा मै ट्रेलर युट्युव ट्रेन्डमा परेको छ ।

चलचित्रको ट्रेलरमा विदेशी भुमिमा युवा र युवती बिचको प्रेम रोमान्सलाई देखाईएको छ । नायक आशिरमान देशराज जोशी र नायिका शिल्पा मास्केको प्रेम विमानस्थलबाटै सुरुवात भएको देखाईएको छ भने अष्ट्रेलियाको सागर किनारमा प्रेम पोखिएको दृष्य देखाईएको छ ।

यो चलचित्र हेमराज बिसीको निर्देशनमा बनेको छ । उनि यो चलचित्रका निर्माता समेत हुन् । यसैगरि दाङका रुपक थापा , दीपक खतिवडा र रेणु राणा पनि यो चलचित्रका निर्माता हुन् ।

नेपाल लगाएत विदेशी भुमिमा छायाँकन गरिएको यो चलचित्रमा अहिलेका चर्चित नायक आशिरमान देशराज जोशी र शिल्पा मास्केको मुख्य अभिनय रहेको छ भने सरोज खनाल,रेमन दास श्रेष्ठ,ईच्छा कार्कि लगाएतका कलाकारहरुको पनि अभिनय रहेको छ ।

यो चलचित्र नेपालका पोखरा, काठमाडौँमा छायाँकन गरिएको छ भने चलचित्रको ६० प्रतिसत भाग अष्ट्रेलियामा छायाँकन गरिएको छ ।

भिडियो हेर्न यहाँ क्लीक गर्नुहोस्ः

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*