Home / Feature Breaking news / दाङमा चट्याङले तीन जना बेहोस

दाङमा चट्याङले तीन जना बेहोस

दाङ,९ माघ । दाङमा चट्याङले दुई जना स्कुले छात्रासहित अर्की एक महिला बेहोस भएका छन्।

मंगलबार ४ बजेतिर बबई गाउँपालिका वडा नं. ५ पदमपुरस्थित जनकल्याण मावि निजकै टेलिफोनको पोलमा चट्याङ पर्दा दुई जना छात्रा बेहोस भएका छन्।

दाङ जिल्ला प्रहरी प्रवक्ता तथा डिएसपी रामप्रसाद घर्तीले विद्यालयमा कक्षा १० मा अध्ययनरत १५ वर्षीया सिया वली र १६ वर्षीया पार्वती शर्मा बेहोस भएपछि उपचारका लागि अस्पताल भर्ना भएका छन्।

त्यही चट्याङले गर्दा बबई गाउँपालिका वडा नं. १ गंगटे घर भई पदमपुरमा डेरामा बस्दै आएकी १६ वर्षीया पूर्णकली ऐरी समेत बेहोस भएको प्रहरीले जानकारी दिएको छ।

तीनै जना किशोरीहरूको बाँकेस्थित मेडिकल कलेज कोहलपुरमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ। यसैबीच मंगलबार बेलुका पौने सात बजेतिर परेको चट्याङले लागेर घोराही उपमहानगरपालिका वडा नं. ९ दुविचौरमा मन्दिर चौधरी र करविर चौधरीको १र१ वटा राँगा मरेको प्रहरीले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*