Home / समाचार / महायज्ञमा ६६ लाख बढि रकम संकलन, युवा व्यवसायी दुर्लभ केसीले गरे साढे ५ लाख दान

महायज्ञमा ६६ लाख बढि रकम संकलन, युवा व्यवसायी दुर्लभ केसीले गरे साढे ५ लाख दान

घोराही, ८ माघ
घोराही उपमहानगरपालिका वडा नम्बर– १३ मा रहेको श्री बराहक्षेत्र मावि सेवार बनगाँउको आयोजनामा घोराहीमा जारी महायज्ञमा एकै दिन २७ लाख बढि दान संकलन भएको छ ।

विद्यालयको भौतिक पूर्वाधार विकास तथा प्राविधीक शिक्षा सञ्चालन सहयोगार्थ आयोजित ‘श्रीमद् भागवत मन–धान्याञ्चल विराट् नवाह ज्ञान महायज्ञ– २०७५’ को छैठौँ दिन २७ लाख ३९ हजार ८ सय ६० रुपैया दान संकलन भएको छ ।

महायज्ञमा हालसम्म ६६ लाख बढि दान संकलन भएको महायज्ञका निर्देशक प्रा.डा.अर्जुन बुढाथोकीले जानकारी दिनुभयो ।

महायज्ञमा एक परिवारले साढे १२ लाख नगद दान गरेको छ । महायज्ञ आयोजक मूल समितिका संयोजक घोराही उपमहानगरपालिका १३ का विमला गिरीको परिवारले १२ लाख ५१ हजार रुपैया दान गरेको हो ।

स्वर्गीय हजुरवुवा रणु गिरी, हजुरआमा तुलसा गिरी, स्वर्गीय ससुरा शुभान गिरी, सासु मीना गिरी र स्वर्गीय वुवा छविलाल योगी र आमा राधा योगीको स्मृतिमा महायज्ञ आयोजक मूल समितिका संयोजक विमला योगी, उहाँको श्रीमान वरिष्ठ अधिवक्ता अनिरुद्र गिरी, छोरीहरु डा.रञ्जु गिरी, ईञ्जीनियर आश्था गिरी र छोरा अवनिस गिरीले सो रकम विद्यालयको भौतिक पूर्वाधार विकासकालागी दान गर्नुभएको हो । जुन महायज्ञमा हालसम्मकै सर्वाधिक राशी हो ।

यस्तै महायज्ञको भूमिदान समन्वय उपसमितिका संयोजक घोराही उपमहानगरपालिका वडा नम्ब्र १३ का दुर्लभ केसीको परिवारले ५ लाख ५५ हजार ५ सय ५५ रुपैया दान गर्नुभएको छ ।

स्वर्गीय आमा खड्गकुमारी खत्री र स्वर्गीय वुवा लोकबहादुर खत्रीको स्मृतिमा छोरा दुर्लभ केसी र बुहारी सुम्नीमा केसीले सो रकम दान गर्नुभएको आर्थिक समितिका संयोजक भुपाल गिरीले जानकारी दिनुभयो ।

महायज्ञमा घोराही उपमहानगरपालिका वडा नम्बर १६ का केशव खत्रीले ५ लाख ५६ हजार १ सय ११, महायज्ञ आर्थिक समितिका संंयोजक भूपाल गिरी र श्रीमति गीताकुमारी गिरीले स्वर्गिय वुवा लिलु गिरी र स्वर्गिय आमा पूर्णकला गिरीको स्मृतिमा १ लाख ५ हजार १ सय १५, घोराही १३ का सतबहादुर पुनले १ लाख ११ हजार १ सय ११, घोराही १३ का महानसिंह भारति र कमला लम्साल भारतिले २९ हजार ९ सय १९, घोराही १५ का गोविन्द केसीले २७ हजार ७ सय ७७, घोराही १३ का लेखराज केसीले २५ हजार १ सय १ रुपैया दान गर्नुभएको आर्थिक समितिका केशव गिरीले जानकारी दिनुभयो ।

महायज्ञको मुख्य वाचकमा बालयोगेश्वर महाराज रहनुभएको छ । महायज्ञमा दैनिक धार्मीक कार्यहरु हुने गरेको छ । महायज्ञमा संगीतमय कथा प्रवचन तथा झाँकी पर्दशन र धार्मीक नाटक हेर्न र सुन्नकालागी भक्तजनहरुको बाक्लो उपस्थिति रहने गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*