Home / Feature Breaking news / विकटका अपाङ्गः कष्टकर जीवन

विकटका अपाङ्गः कष्टकर जीवन

दाङ । राजपुर गाउपालिका–५ महतिनिया खोला निवासी जुनपुरा रोकामगर ५ बर्षदेखि हिडडुल गर्न सक्दैनन् । साविक रोल्पा उवा–३ सिन्दुरखर्कमा बस्दा ज्वरोका कारण एक महिना थलिएकी जुनपुरा त्यसपछि हिड्न सकेकी छैनन् । त्यसपछिको उनको जीवन सुतेरै बित्ने गरेको छ । घरदेखि बाहिरभित्र गर्न चार हात खुट्टाले टेकेर हिड्ने गरेपनि घरदेखि बाहिर जान नसक्ने अवस्था रहेको जुनपुराकी दिदी कल्पना रोका बताउछन ।

‘पहिले तँ बहिनी राम्री थिइ,हिडडुल गर्थी आमालाई आफै पालेकी थिइ’,दिदी कल्पनाले भनिन्,‘पछि उक्कासी के भयो भयो,आफै हिड्न नसक्ने भई।’ उनका अनुसार आमावाट छोराहरु छैनन् । कल्पना र जुनपुरासहित अर्की दिदी छिन । दिदीको बिहेपछि कल्पनाको पनि विहे भयो,बुबाले अर्की विहे गरेर गएकाले आमालाई पाल्ने जिम्मेवारी जुनपुरामा थियो । त्यही अनुसार जुनपुराले करिव ४०÷५० भेडाबाख्रा पालेर त्यसवाट आएको आम्दानीले घर व्यवहार चलाउदै आएकी थिइ ।

‘त्यही समयमा जुनपुराको जीवनमा दुभाग्र्य सिर्जना भयो,ज्वरोका कारण एक महिना थलिनुप¥यो । त्यसपछि बहिनी उठेर हिड्न नसक्ने भई’, दिदी कल्पनाले भनिन्,‘साहेद समयमै राम्रो उपचार पाएकी भए राम्रो हुन्थी होला बहिनी ।’ छोरीको पीरले आमाको मृत्यु भएपछि आफुले रोल्पावाट बहिनीलाई ल्याएर पाल्दै आएको बताइन । ‘कमजोर आर्थिक समस्याका कारण राम्रो अस्पतालमा लग्न सक्ने अवस्था छैन’,उनले भनिन्‘घोराही लगेको अस्पतालले राम्रो हुदैन भन्यो ।’ त्यसपछि कतै लग्न नसकेको उनी बताउछिन । ‘राम्रो ठाउँ भएको भए,घर्सेर हिड्दी हो,यहाँ तँ पहाडै पहाड छ’,उनले भनिन्,‘कतै जाने ठाउँ छैन ।’ अर्कैको सहारामा जीवन जीउन बाध्य जुनपुरालाई अहिलेसम्म केहीकतैवाट एक पैसा सहयोग मिलेको छैन । सरकारले अपांगता भत्ता समेत नदिएको दिदी बताउछिन ।

त्यस्तै दु.ख भोग्ने अर्की महिला हुन महतिनिया खोलाकै सुब्बाकुमार घर्ति । उनी दृष्टिबिहिन छिन । उनी पनि सुरुमा जुनपुरा जस्तै राम्री थिइन । विहे गरिन । चार छोरी र दुई छोरा जन्माइन । कान्छो छोरालाई हुर्काउदै थिइन । २०५६ सालतिरको कुरो हो, उनलाई आखाँ चिलाउने समस्या भयो । विकट क्षेत्र र अज्ञान्ताले कारण घरपरिवारले समयमा उपचार गर्न ध्यान दिएनन् । जसको कारण सुव्वाकुमारीले अहिले कष्टकर जीवन भोग्न बाध्यछिन । ‘कान्छो छोरो हुर्काउदै थिए,आखाँ चिलाउने भए,त्यही निहुँमा दुईवटै आखाँको ज्योति गुमाए’,उनले भनिन्,‘हेलचक्राईका कारण अहिले दु.ख पाउदैछु ।’ उनलाई घरदेखि बाहिर निस्कनलाई अरुकै साहेता चाहिन्छ । नत्र एउटा कोठामा बस्ने हो बुहारी रामसरी रोकाले भनिन ।

बजारतिर तँ अपांगहरुलाई सहयोग गरेको सुन्ने गरेका थिए तर यहाँ कसैले सहयोग गर्दैनन । उनले पनि राज्यले अपांगताहरुलाई दिने कुनै प्रकारको सेवा सुविधा पाउन सकेकी छैनन् । त्यस्तै सोही ठाउँ निवासी अर्जुन रोका हिड्न सक्दैनन । उनी पनि शारिरीक अपांग हुन । उनका दुवै खुट्टा र एउटा हात चल्दैनन् । नौ बर्षिय बालकलाई खुवाउने,बोकेर डुलाउने काम आमा र बुबाले गर्दै आएका छन । गतबर्षदेखि भत्ता प्राप्त गरेपनि विगत छ महिनादेखि पाउन नसकेको बुबा जमानसिंङ रोकाले बताए ।
उनीहरु प्रतिनिधि पात्रहरु हुन । उनीहरु जस्तै विकट क्षेत्रमा रहेका धेरै अपांगहरु राज्यको सेवा सुविधा लिनवाट बञ्चीत हुने गरेका छन । भौगोलिक कठिनाईसँगै घरपरिवारको हेलचक्राईसँगै राज्य विकट बस्तीहरुमा पुग्न नसक्दा धेरै अपांगहरु राज्यले प्रदान गर्ने सेवा सुविधाहरुवाट बञ्चीत हुनु परेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*