Home / Feature Breaking news / प्रेस युनियनले अक्षयकोष स्थापना गर्ने

प्रेस युनियनले अक्षयकोष स्थापना गर्ने

दाङ, १ मंसीर

नेपाल प्रेस युनियन दाङले दिपावली २०७५ सालको अवसरमा खेलिएको भैलोबाट संकलन भएको रकमबाट अक्षयकोष स्थापना गर्ने भएको छ ।

युनियनको आज शनिवार घोराहीमा बसेको बैठकले आपतकालीन अप्ठेरोमा परेका पत्रकारहरुलाई सहयोग गर्नकालागि अक्षयकोष स्थापना गर्ने निर्णय गरेको हो ।

जुन अक्षयकोषबाट जम्मा भएको ब्याजले युनियनमा आवद्ध पत्रकारहरु अप्ठेरोमा परेको समयमा सहयोग गर्ने छ । संकलित रकममध्य एक लाखको अक्षयकोष स्थापना गर्ने र बाँकी रकम भवन निर्माणमा लगाउने बैठकले निर्णय गरेको छ ।

युनियनका जिल्ला अध्यक्ष सन्तोष सुवेदीको अध्यक्षतामा बसेको बैठकले लमहीमा रहेको जग्गामा भवन निर्माणको कार्यलाई अगाडी बढाउने निर्णय पनि गरेको छ ।

यस्तै युनियनका सदस्य अमरराज आचार्यको वुवा घोराही उपमहानगरपालिका वडा नम्बर १८ का मणिराम आचार्यको वुवाको अशामयीक निधनप्रति दुःख व्यक्त गर्दै मृतकको आत्माको चिरशान्तिको कामना सहित परिवारजनमा समवेदना व्यक्त गरेको सचिव आर.के.शीतलले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*