Home / समाचार / घोराही–५ मा बाल सञ्जाल पुनर्गठन

घोराही–५ मा बाल सञ्जाल पुनर्गठन

घोराही, २० कार्तिक । घोराही उपमहानगरपालिका वडा नम्बर ५ ले नौ सदस्यीय बाल सञ्जाल पुनर्गठन गरिको छ । वडाध्यक्ष बिष्णुमणि दाहालको अध्यक्षतामा भएको बालबालिकाहरुको भेलाले पुष्पकमल विश्वकर्माको अध्यक्षतामा नौ सदस्यीय बाल सञ्जाल पुनर्गठन गरेको हो ।

पुनर्गठित बाल सञ्जालको उपाध्यक्षमा गरिमा न्यौपाने, सचिबमा रोहित वली, कोषाध्यक्षमा पूजा विक चयन भएकी छिन । त्यसैगरी सञ्जालको सदस्यहरुमा लोकबहादुर केसी, सन्दीप नेपाली, बिनय वली, मोनिका केसी, बालिका वली रहेका छन । वडाध्यक्ष बिष्णुमणि दाहालले भेलामा बालबालिकाहरुलाई बालमैत्री स्थानीय शासन सम्वन्धी जानकारी गराएका थिए । बालअधिकार अन्तगर्त रहेका बाल बचाउँ, बाल संरक्षण, बालसहभागिता र बाल विकासमा रहेका २७ वटा सूचकहरुका बारेमा वडा सचिव लक्ष्मण अधिकारीले जानकारी गराएका थिए ।

बालबालिकाहरुले आमाको पेटदेखि १८ बर्षसम्म प्राप्त गर्ने अधिकारका बारेमा जानकारी गराइएको थियो । बालबालिकाको हक अधिकारलाई बालबालिकाहरु बाटै बुझाउन र वडा स्तरीय गतिबिधीमा संलग्न गराउनका लागि बाल सञ्जाल गठन गरिएको वडा अध्यक्ष दाहालले जानकारी दिए । त्यस अवसरमा स्थायी प्रहरी पोष्ट सर्राका प्रहरी जवान दिलिप चौधरीले लागुऔषध दुव्यर्सनी सम्वन्धी प्रशिक्षण दिएका थिए ।

वडा नं. ५ धर्ना गाउँ विकास समिति रहदा बालमैत्री गाविस घोषणा भइसकेको थियो । भेलामा वडा सदस्य फत्तेबहादुर केसी, सामाजिक परिचालक बिष्णु पौडेललगायतले मन्तव्य व्यक्त गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*