Home / Feature Breaking news / घोराही ५ मा कम्प्युटर प्रणालीमार्फत व्यक्तिगत घटना दर्ता सुरु

घोराही ५ मा कम्प्युटर प्रणालीमार्फत व्यक्तिगत घटना दर्ता सुरु

घोराही, १९ कार्तिक । घोराही उपमहानगरपालिका–५मा कम्प्युटर प्रणालीमार्फत व्यक्तिगत घट्ना दर्ता सुरु गरिएको छ । वडालाई प्रविधिसँग जोड्ने उपमहानगपालिकाको योजना अनुसार सोमवारदेखि वडा नम्बर ५ ले व्यक्तिगत घटना दर्ता कम्प्युटर प्रणालीमार्फत सुरक्षित गर्न थालेको हो ।

वडा नम्बर ५ का वडाध्यक्ष बिष्णुमणि दाहालको अध्यक्षतामा भएको कार्यक्रममा घोराही उपमहानगरपालिका प्रमुख नरुलाल चौधरीले सेवाग्राही सूचक क्वारी पाण्डेलाई उनका श्रीमान मित्रलाल पाण्डेको मृत्यु दर्ताको प्रमाणपत्र र सूचक मानसिंङ पछाईलाई नाती अभिमानसिंङ पछाईको जन्मदर्ताको प्रमाणपत्र प्रदान गरेर व्यक्तिगत घटना दर्तालाई अनलाइन पद्धतिबाट सुरुवात गरेका थिए ।

dd

अव वडामा जन्म, मृत्य, विवाह,बसाईसराई र सम्वन्धत विच्छेदलगायतका व्यक्तिगत घटनाहरु अनलाईनका माध्यमवाट दर्ता गरिने भएको छ । त्यस अवसरमा नगर प्रमख चौधरीले निजी जीवनका घटनाहरुलाई कानुनी मान्यता दिने सरकारको नीतिअनुसार कम्प्युटर प्रणालीबाट सुरक्षित र सजिलो गराउने अभियानमा उपमहानगर रहेको बताएका थिए । साथै चौधरीले समयमै व्यक्तिगत घटनाहरु कम्प्युटरमार्फत सुरक्षित गरी आवश्यक परेको समयमा जुनसुकै स्थानबाट पनि प्राप्त गर्न सकिने बताएका थिए ।

त्यस्तै कार्यक्रममा घोराही उपमहानगरपालिका प्रमुख प्रशासकिय अधिकृत सन्तबहादुर सुनारले व्यक्तिगत घट्नाहरु अनलाईनमा दर्ता गर्ने कार्यले तथ्याङकमा एकरुपता ल्याउदा सामाजिक सुरक्षा भत्ता वितरणमा सहजता हुने बताएका थिए । त्यस्तै वडाध्यक्ष बिष्णुमणि दाहालले वडावासीको सहजताका लागि व्यक्तिगत घट्नाहरु अनलाइनमा सुरक्षित गर्न थालिएको बताएका थिए । कार्यक्रमको सहजीकरण वडासचिव लक्ष्मण अधिकारीले गरेका थिए । वडाले यसअघि नै अनलाईन माध्यमवाट कर संकलन गर्दै आएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*