Home / Feature Breaking news / घोराहीमा प्रदेश स्तरीय तेक्वान्दो च्याम्पियनसिप प्रतियोगिता हुने

घोराहीमा प्रदेश स्तरीय तेक्वान्दो च्याम्पियनसिप प्रतियोगिता हुने

दाङ,१० असोज । घोराहीमा पहिलो पटक प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगिता हुने भएको छ । घोराहीको भरतपुर आइटीएफ तेक्वान्दो डोजाङ आयोजनामा पहिलो पटक प्रदेश स्तरीय प्रतियोगिता दाङमा हुन थालेको हो ।
प्रतियोगिताको बारेमा आयोजक भरतपुर आइटीएफ तेक्वान्दो डोजाङ एव प्रथम प्रादेशिक पोफ्रेश्नल आइटिएफ तेक्वान्दो च्याम्पियनसिप प्रतियोगिता मुल आयोजक समितिले मंगलवार घोराहीमा पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिताका बारेमा जानकारी गराएको हो ।

प्रतियोगिता कात्तिक १७ र १८ गते सञ्चालन हुने प्रतियोगिता मुलआयोजक समितिका संयोजक एव भरतपुर डोजाङका अध्यक्ष भीमबहादुर थापाले बताए । ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलाडी’ भन्ने मुख्य नाराका साथ प्रथम प्रादेशिक प्रोफेश्नल आइटिएम तेक्वान्डो च्याम्पियनसिप प्रयोगिता हुन थालेको हो । पहिलो पटक सञ्चालन हुन थालेको प्रतियोगितामा प्रदेश नम्वर ५ का १२ जिल्लाका खेलाडी सहभागि हुने छन । प्रत्येक जिल्लावाट ५ जना महिला र ५ जना पुरुष गरि १० जनाका खेलाडी गरि १ सय २० जना खेलाडीहरुको सहभागी रहने भएको भरतपुर आइटीएफ तेक्वान्दो डोजाङका उपाध्यक्ष भुवन बुढाले जानकारी दिए ।

प्रतियोगितामा ५५ देखि ६० किलो तौल समुहका खेलाडीहरुलाई मात्र सहभागि गराइने छ । जसको लागि डोजाङले प्रदेशका सवै जिल्ला समितिलाई खवर गरेको उपाध्यक्ष बाठाले बताए । उनीहरुले छनोट गरेर पठाएको व्यक्तिलाई मात्र प्रतियोगितामा सहभागि गराइने छ । प्रतियोगिता महिला र पुरुष दुवै खेलाडीको लागि पहिलो पुरस्कार ३० हजार, दोस्रो पुरस्कार २० हजार र तेस्रो पुरस्कार १० हजार रुपैयासहित शिल्ड र प्रमापत्र प्रदान गरिने भएको छ ।

खेलकुद आयोजनाको क्रममा लाग्ने विभिन्न खर्चहरु जस्तो प्रचारप्रसार, व्याच, प्रमाणपत्र, मेडल, ट्रफि, खाना, बसाई, यातायात, अन्य व्यवस्थापन र खेलकुद सामाग्री खरिदका लागि करिव पौने ६ लाख रुपैया खर्च लाग्ने आयोजकले अनुमान गरेको छ । जसको लागि घोराही उपमहानगरपालिका, खेलकुद विकास समितिलगायतका विभिन्न स्थानीय तह तथा संघसस्थाहरुसँग आग्रह गरेको छ । अन्य उपमहानगर अन्र्तगतका वडाहरु, व्यवसायी, खेलप्रेमीहरुसँग आर्थिक सहयोग जुटाउने आयोजकले जनाएको छ ।

विशेषगरी जिल्लामा तेक्वादो खेलाडी उत्पादको लागि र उनीहरुको प्रोत्साहन गर्न, खेलक्षेत्रको विकास, जिल्लालाई खेलकुदको माध्यमबाट चिनाउनको लागि यसप्रकारको खेलकुद कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ । भरतपुर आइटीएफ तेक्वान्दो डोजाङका अध्यक्ष थापाको अध्यक्षता तथा नेपाल अन्र्तराष्ट्रिय तेक्वान्डो महासंघ प्रदेश नम्वर ५का उपाध्यक्ष विक्रम बाठा मगरको प्रमुख आतिथ्यतामा भएको पत्रकार सम्मेलनको सञ्चालन सचिव मधु पन्तले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*