Home / Feature Breaking news / ‘अवको ध्यान नागरिकको आयस्तर बढाउने तिर’ शर्मा

‘अवको ध्यान नागरिकको आयस्तर बढाउने तिर’ शर्मा

दाङ,१२ भदौ । जिल्लास्तरीय वार्षिक समीक्षामगलवारदेखि शुरु भएको छ । जिल्ला समन्वय समिति दाङको आयोजना वार्षिक समीक्षा कार्यक्रम शुरु भएको हो ।
जिल्ला समन्वय समितिका प्रमुख जितेन्द्रमान नेपालीको अध्यक्षता एवम प्रदेश सासद तथा प्रदेश मामिला तथा कानुन समिति सभापति दामाकुमारी शर्माको प्रमुख आतिथ्यमा भएको उदघाटन कार्यक्रममा शर्माले पुजी गतखर्च अझैपनि राम्रोसँग खर्च हुनन सकेको भन्दै त्यसलाई सुधार गरेर जानु पर्ने सुझाव दिइन ।

‘जनताले सहज रुपमा सेवापाउनु पर्छ । जनताले नजिकको सरकार पाएका छन’ उनले भनिन ‘ त्यो अनुसारकाकार्यक्रम स्थानीय सरकारले दिनु पर्छ ।’ स्थानीयश्रोत साधनको प्रयोग गरेर जनताको आयस्तर बढाउनतिर अव सवै सरकार लाग्नु पर्ने उनको भनाइ थियो । कार्यक्रममाप्रदेश सासदउत्तर कुमार ओली र धमकलीचौधरी र प्रमुखजिल्लाअधिकारी गजेन्द्रबहादुर श्रेष्ठले शुभकामनामनतव्य राखेकाथिए । जिल्ला समन्वय समितिकाउपप्रमुखश्रीधर शर्मा पौडेलको स्वागत मनतव्यवाट शुरु भएको कार्यक्रमको सहजिकरण समन्वय समितिका सव इञ्जिनियर रामकुमार आचार्यले गरेकाथिए ।

समीक्षाकार्यक्रममा स्थानीयतहले कर्मचारी र कानूनको अभाव नै मुख्य समस्याभएको बताएकाथिए । ‘स्थानीयतहमाजनताकाअपेक्षा धेरै छन् । तर कर्मचारी र कानूनको अन्यौलता नै मुख्य समस्या छ’ बंगलाचुलीगाउँपालिकाप्रमुखप्रशासकियअधिकृत चन्द्रकान्तपौडेलले भने ‘ तर भएको जशक्तिप्रयोग गरेर नागरिकलाई सेवादिने कामभएको छ ।’स्थानीयतहमाजनशक्तिको अभावभएपनिभएको जनशक्ति र श्रोतसाधनप्रयोग गरेर आशालाग्दा समेत कामको सुरुवातभएको छ ।

राजपुर गाउँपालिकाले वडा न ५ लाईधुवामुक्त वडा घोषणा गरेको छ । वडाका ५ सय २८ घरमाचुलोसहितको ग्यास सिलण्डर वितरण गरेको छ । मानव स्वास्थ्यलाई ख्यालगरेर नमुनाकामको सुरुवात गरेका छौ’ प्रमुखप्रशासकियअधिकृत शर्माले भने । त्यसैगरेर बगलाचुलीले पनि ५ नम्बर वडालाई पुर्ण सरसफाई वडा घोषणा गरेको छ । तुलसीपुर उपमहनगरपालिकाले नगरपालिकामा स्तनपानकक्ष, डिजिटल नोटिस वोर्ड, जग्गा संरक्षण लगायतकाकाम गरेको छ ।

मगलवार तुलसीपुर उपमहानगरपालिका, राजपुर, बवइ राप्ती, दंगीशरण र बंगलाचुली, सेलड, जनस्वास्थ्य, भुमिजलश्रोत सिचाइ , जिल्ला भु सरक्षण कार्यालय, जिल्ला घरेलु तथा सानाउद्योग कार्यालय, सिसा नेपाल, मानवकल्यानतथाबातावरण, सिचाइविकास, परिवार नियोजन गरेर २१ वटा सरकारी तथा गैरसरकारी सस्थाले वार्षिक प्रतिवेदन प्रस्तुत गरेको जिल्ला समन्वयअधिकारी कृष्णप्रसादगौतमले बताएका छन् । बाँकीकार्यालय, स्थानीयतह र गैरसरकारी संस्थाको समीक्षाआजहुने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*