Home / Feature Breaking news / गोरक्ष राष्ट्रिय दैनिक सफलताको १४ औँ वर्षमा

गोरक्ष राष्ट्रिय दैनिक सफलताको १४ औँ वर्षमा

दाङ, २५ साउन
दाङबाट प्रकाशीत हुदै आएको गोरक्ष राष्ट्रिय दैनिक आज शुक्रवारदेखी १४ औँँ वर्षमा प्रवेश गरेको छ । २०६२ साल साउन २५ गतेदेखी प्रकाशन सुरु गरेको गोरक्ष राष्ट्रिय दैनिक प्रकाशन भएको १३ वर्ष सफल रुपमा पार गर्दै १४ अ ौँ वर्षमा प्रवेश गरेको हो ।
२०६२ सालमा लोकतन्त्र बचाउन र जनता जगाउने उद्धेश्यकासाथ स्थापना भएको हो । २०६२÷०६३ सालको जनआन्दालनदेखी त्यसयता भएका महत्वपूर्णै आन्दोलन देखी दाङको समृद्धि र गौरवमय दाङका विषयलाई प्राथमीकताकासाथ उठान गर्दै आएको छ ।
वाषर््िक उत्सवको अवसरमा गोरक्ष राष्ट्रिय दैनिककले विशेषांक प्रकाशन गरेको छ । २० पृष्ठको वार्षीक उत्सव विशेष अंकमा दाङमा विभिन्न समयमा भएका परिवर्तन र पुरा हुन नसकेका केही विषयमा विशेषंक लेख प्रकाशन गरेको छ ।
पत्रिकाको वार्षीक उत्सवमा शुक्रवार घोराहीमा कार्यक्रमको आयोजना गरिएको छ । नेपालप त्रकार महासंघ दाङको सभाहलमा विहान ११ बजेदेखी हुने वार्षीक उत्सवम समारोह एवं ससुझाव संकलन कार्यक्रममा उपस्थितिकालागि पत्रिकाका प्रकाशक सुलोचन गौतमले सम्पूर्ण पाठकहरुमा अनुरोध गर्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*