Home / Feature Breaking news / स्थानिय तहमा पुगे बैक

स्थानिय तहमा पुगे बैक

अमरराज आचार्य

दाङ, २२ जेठजिल्लाका सवै स्थानिय तहसम्म वैकहरु पुगेका छन् । जिल्लामा २ उप महानगरपालिका १ नगर पालिका र ७ गाउँपालिका छन् । राष्ट्रिय वैकले सवै स्थानिय तह सम्म वैकको शाखा खोल्न निर्देशन दिएपछि जिल्लाका सवै स्थानिय तहसम्म वैक सेवा विस्तार भएको हो ।

 

विगतमा जिल्लाको वजारी क्षेत्रमा रहेको उप महानगरपालिका तथा नगरपालिकामा मात्र वैकहरु रहेका थिए । तर अहिले वैकहरुले शाखा सवै स्थानीयतहमा पुगेका छन् । स्थानीय तहहरुमा वैंक नहँुदा सेवाग्राहीहरुलाई समस्या भएको थियो । तर वैक पुगेपछि स्थानिय बैकको कामको लागि वजार धाउनु पर्ने वाध्यता समेत हटेको छ । स्थानिय तहमा बैक आएपछि काममा समेत सहज भएको दगीशरण गाउँपालिकाका अध्यक्ष भागीराम चौधरीले बताए ।

 

उनले स्थानिय तहमा बैक आएपछि गाउँपालिकाले सवै कारोवार स्थानिय स्तरवाट नै सञ्चालन गरेको बताए । ‘स्थानिय तहमा बैक नआउदा दंगीरणवाट तुल्सीपुर आउनु पर्ने वाध्यता थियो’ अध्यक्ष चौधरीले भने । तुलसीपुर वैकको कामले आउनु पर्दा दिन भरीको एक जनाको सवै काम वित्ने गरेको थियो । अहिले तुलसीपुरसम्म आउनु पर्ने वाध्यता हटेको अध्यक्ष चौधरीले बताए । तुलसीपुर जानु नपर्ने भएपछि आर्थिक तथा समयको समेत वचत भएको बताए । बैक भएपछि गाउँपालिका तथा स्थानिय वासीन्दाहरुलाइ समेत सहज भएको छ । त्यसैगरे शान्तिनगर गाउँपालिकामा केही दिनमा वैक उद्घाटन हुने गाउँपालिका अध्यक्ष कमानसिंह डाँगीले बताए ।

 

बैकले आफनो तयारी अन्तिम चरणमा पु¥याएको उनको भनाइ  छ । बैक स्थानिय तहमा भए बैकको कामका लागि तुल्सीपुरसम्म पुुग्नु पर्ने वाध्यता हटने अध्यक्ष डाँगीले बताए । बैक नहुदा बैकको काम गर्न तुलसीपुर आउनु पर्ने वाध्यता छ । बैकवाट काम गराउनु पर्दा स्थानिय वासीन्दाहरुले समस्या भोग्दै आएका छन् ।  स्थानिय तहवाट विकास निर्माण काम गर्दा  अधिकांश कारोवार वैंक मार्फतहरु गर्नु पर्ने भएका पनि बैक नपुग्दा सर्व साधारण कर्मचारी र जन प्रतिनिधिहरुलाई समस्या पर्ने गरेको थियो ।

 

 

सुविधा सम्पन्न ठाउँहरुमा सरकारी र निजि वैंकहरुको संख्या धेरै भएपनि विकट र दुर्गम क्षेत्रका स्थानीय तहमा भने वैंक विहीन रहेका थिए । नेपाल राष्ट्र वैंकले सवै स्थानीय तहहरुमा अनिवार्य रुपमा वैंक खोल्ने प्रावधान ल्याए पनि बैकहरुले लामो समयसम्म गाउँ जान त्यति चासो दिएका थिएनन ।  सुरक्षा र भौतिक पुर्वाधारको अभाव देखाउँदै गाउँ जान मन गरेका थिएनन ।  कारोवार वढी हुने स्थानमा वैंकहरु धमाधम शाखा स्थापना भई रहेका छन् ।  जिल्लाका घोराही तुलसीपुर, लमही, भालुवाङ क्षेत्रमा पहिलेदेखि नै बैकले सेवा दिए पनि अहिले जिल्लाका सवै गाउँपालिकामा बैक पुगेको स्थानीयतहले वताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*