Home / Feature Breaking news / घोराहीमा ६५ भुस्याहा कुकुरको स्थायी बन्ध्याकरण

घोराहीमा ६५ भुस्याहा कुकुरको स्थायी बन्ध्याकरण

दाङ,७ जेठ । घोराही  उपमहानगरपालिका ६५ भुस्याहा कुकुरहरुलाइ नियन्त्रणमा लिएर स्थायी बन्ध्याकरण गरिएको छ । भुस्याहा कुकुरको टोकाइले प्राणघातक रेविज रोग समेत लाग्न सक्ने भन्दै ती कुकुरहरुलाइ नियन्त्रण गर्न बन्ध्याकरण गरिएको हो । केहि बर्ष अघि नगरपालिकाले भुस्याहा कुकुर मार्ने अभियान सञ्चालनगर्दा त्यसको पशुअधिकारकर्मीहरुले चर्को विरोध गरेपछि यो बर्ष बन्ध्याकरण अभियान सञ्चालनगरिएको वडा कार्यालयले जनाएको छ ।

यो अभियानअन्तर्गत यसबर्ष घोराहीमा ६५ वटा कुकुरहरुको स्थायीबन्ध्याकरण गरिएकोे छ । घोराहीउपमहानगरपालिका वडा नंं १४ को आर्थिक सहयोगमा भुस्याकुकुर नियन्त्रणका लागिबन्ध्याकरण गरिएको हो । भुस्याकुकुरकाकारण बजारमा रेबिजलगाएतका रोगहरुको संक्रमण बढ्ने खतरा भएपछि वडा नं। १४ वडा कार्यालयले भाले कुकुर बन्ध्याकरण कार्यक्रमल्याएको थियो । जसअन्तर्गत यसबर्ष घोराहीमा कुकुर बन्ध्याकरण गरिएको हो ।बन्ध्याकरणका लागि घोराहीउपमहानगरपालिका १८ मा ४ वटा, १३ मा ३वटा, १६ मा ३ वटा, १७मा २ वटा र बाँकी १४ र १५ नम्बर वडाको सहरी क्षेत्रका कुकुरहरुको बन्ध्याकरण गरिएको भुस्या कुकुर बन्ध्याकरण तथा संङख्या नियन्त्रण समितिका संयोजकअनिल शेपाईलीले जानकारी दिए ।
६५ कुकुरहरुमा  ७ वटा कुकुर घरपालुवा रहेको र बाँकी ५८ वटा कुकुरहरु बजारका भुस्याकुकुरहरु रहेका छन् । घरपालुवा कुकुरको घरमालिकको सल्लाहअनुरुपबन्ध्याकरण गरिएको हो । ‘बजारमा भुस्याकुकुर नियन्त्रण गर्ने अभियानअन्तर्गत यसबर्ष भुस्याकुकुर नियन्त्रणका लागिबन्ध्याकरण गरिएको हो’, संयोजक शेपाईलीले भने,‘बन्ध्याकरणले बजारमा भुस्याकुकुरको सङख्या घट्ने विश्वास गरेका छौँ ।’

कार्यक्रमको मुख्य उद्देश्य घोराहीउपमहानगरपालिका वडा नं। १४ र १५ को सहरी क्षेत्रमा रहेका भुस्याकुकुरहरुको बन्ध्याकरण गर्ने कार्यक्रम रहेपनिअन्य वडाहरुमा रहेकाभुस्या कुकुरहरुको पनि बन्ध्याकरण गरिएको संयोजक शेपाईलीले बताए । उनकाअनुसार यसबर्ष कुकुरहरुमापनिभाले प्रजातिका कुकुरहरुको मात्रबन्ध्याकरण गरिएको हो । ‘कुकुर बन्ध्याकरणका लागिथोरै रकमभएकाले यसबर्ष भाले प्रजातिको मात्रबन्ध्याकरण भएको छ’,उनले भने,‘आगामीबर्ष पनि बजेट बिनियोजन भएपोथीप्रजातिमापनिबन्ध्याकरण हुने छ ।’

जिल्लापशु सेवाकार्यालयकाअनुसार कुकुरहरुमाभाले प्रजातिको करिव नौ सय र पोथीप्रजातिको बन्ध्याकरण गर्दा ११ हजार रुपैया लाग्ने जनाएको छ । भाले प्रजातिको तुलनामापोथीप्रजातिको बन्ध्याकरण गर्न महङगो हुने गरेको पशु सेवाकार्यालयले जनाएको छ । भुस्याकुकुरहरुको बन्ध्याकरणका लागियसबर्ष घोराहीउपमहानगरपालिका वडा नं। १४ ले दुई लाख रुपैयाँ बजेट बिनियोजन गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*