Home / Feature Breaking news / तेस्रो नारायणपुर कप फुटबल प्रतियोगिता सुरु,  उद्घाटन खेलमा आयोजक  टिम विजयी 

तेस्रो नारायणपुर कप फुटबल प्रतियोगिता सुरु,  उद्घाटन खेलमा आयोजक  टिम विजयी 

नारायणपुर, २९ वैशाख ।

न्यू स्टार फुटबल एकेडेमी नारायणपुरको आयोजनामा शनिवारदेखि जिल्ला स्तरिय तेस्रो नारायणपुर कप फुटबल प्रतियोगिता २०७५ सुरु भएको छ । प्रतियोगिताको घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले एक कार्यक्रमका विच उद्घाटन गरेका छन् ।

 IMG_6253

घोराही उपमहानगरपालिका वडा नम्बर १० नारायणपुरको विपी बाटिका खेल मैदानमा सुरु भएको प्रतियोगिताको उद्घाटन गर्दैै चौधरीले जिल्लाको खेलकुद क्षेत्रको विकासका लागि यस्ता प्रतियोगिताहरुको महत्वपूर्ण भुमिका निर्वाह गर्ने बताए । उनले जिल्ला फुटबल संघसँगको समन्वयमा मेयरकप फुटबल प्रतियोगिताको तयारी भईरहेको पनि जानकारी दिए ।

IMG_6234

जिल्ला फुटबल संघ दाङका अध्यक्ष सुशील श्रेष्ठले जिल्लामा खेलकुद मैदानहरुको अभाव भएकाले फुटबल खेलको विकास सोचे अनुरुप नभएको बताए । यस विषयमा स्थानीय तहले ध्यान पु¥याउनुपर्ने उनको भनाई छ । खेलकुदको विकासकालागि नारायणपरमा रहेको न्यू स्टार फुटबल एकेडेमीे महत्वपूर्ण योगदान पु¥याएको भन्दै क्लबको सिर्जनशील काममा सहयोग गर्न सम्पूर्णमा अनुरोध गरे ।

IMG_6313

नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रीयासनले खेलकुदको विकासले समग्र युवाहरुको क्षमता विकास गर्ने बताए । खेलकुद क्षेत्रको विकासकालागि केन्द्र, प्रदेश र स्थानीय तहबाट नै दिर्घकालिन योजना तयार भएर कार्यान्वयन हुनुपर्ने उनको भनाई छ । फुटबल लगायत सम्पूर्ण क्षेत्रको विकास र प्रोत्साहनकालागि सञ्चारमाध्यमहरुले सकारात्मक भुमिका खेलिरहेको पनि उनले बताए । उनले न्यू स्टार फुटबल एकेडेमीले खेलाडी उत्पादनसँगै फुटबल क्षेत्रमा महत्वपूर्ण काम गरेको बताए ।

IMG_6297

न्यू स्टार फुटबल एकेडेमीका अध्यक्ष खुमबहादुर वलीको अध्यक्षतामा भएको कार्यक्रममा उपस्थितलाई सल्लाहकार अनिल बस्नेतले स्वागत गर्नुभएको थियो भने कार्यक्रमको सहजिकरण सचिव विनोद विकले गरेका थिए । प्रतियोगितामा जिल्लाका २० टिमको सहभागिता रहेको छ ।

IMG_6308

उद्घाटन खेलमा आयोजक न्यू स्टार विजयी

प्रतियोगिताको उद्घाटन खेलमा आयोजक न्यू स्टार फुटबल एकेडेमी नारायणपुर विजयी भएको छ । बबई फुटबल क्लबसँग भएको खेलमा १ का विरुद्ध ३ गोलले न्यू स्टार विजयी भएको हो । प्रतियोगितामा न्यू स्टारको तर्फबाट जर्सी नम्बर ७ का मनिष पाण्डेले २ र जर्सी नम्बर ८ का दोर्ण योगीले १ गोल गरेका थिए भने बबई क्लबको तर्फबाट जर्सी नम्बर ३ का दुर्गा घर्तिले गोल गरेका थिए ।

यस्तै दोस्रो खेलमा एसएसएफए तुलसीपुर विजयी भएको छ । एसएसएफए तुलसीपुर र यूएनविसी घोराहीविच भएको खेलमा एसएसएफए तुलसीपुर १ का विरुद्ध ४ गोलले विजयी भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*