Home / Feature Breaking news / घाँस उत्पादनमा सौडीयार उत्कृष्ट

घाँस उत्पादनमा सौडीयार उत्कृष्ट

लिलाधर वली

दाङ, २७ चैत । घाँसको बिउ उत्पादन गरेर किसानहरुले राम्रो आर्थिक आम्दानी गर्न थालेपछि घोराही उपमहानगरपालिका–६ का किसानहरु अन्यवाली लगाउने खेतवारीमा घाँस खेती गर्न थालेका छन । हिउँदेवालीका रुपमा गरिने मसुरो,तोरी,गुहलगायतका बालीभन्दा किसानहरुले बर्सिम घाँसको बिउ उत्पादन गरेर आम्दानी लिन थालेपछि किसानहरु पछिल्लो समय व्यवसायीक रुपमा घाँस खेतीतर्फ लागेका हुन ।

 
कम मेहनतमा गर्न सकिने र अन्यवालीहरुको तुलनामा घाँसको बिऊ उत्पादन गरेर बढि आम्दानी हुन थालेपछि पछिल्लो समय जिल्लाभरी नै बर्सिम घाँसको व्यवसायीक खेती हुन थालेको छ । धनवाली पाक्दै गर्दा चिस्यान खेतमा छिटा फालेर खेत ीगर्न सकिने तर अन्य वाली जस्तो मेहनत गर्न नपर्ने र सजिलै घाँसको विउ बिक्रि हुने हुदा किसानहरु घाँसतर्फ आर्कषित हुदै गएका छन । घाँस खेतीका माध्यमवाट पशुपालनसँगै विउवाट आम्दानी हुन थालेपछि विगत ४ ्र५ बर्षदेखि मसुरो छोडेर घाँस खेती गर्दै आएको स्थानीय कृषक दिलबहादुर पुन बताउछन ।

 

हिउदेसमयमा अन्यवाली गर्नुभन्दा घाँस गर्दा सजियो र मेहनत कम लाग्ने र बढि आम्दानी हुने भएकाले आफनो ५ कट्टा जमिनमा बर्सिम घाँसको खेती गर्दै आएको पुनले बताए । मसुरो र गहुलगायतका बालीभन्दा घाँसवाटै आफुले राम्रो आम्दानी गर्ने गरेको समेत उनी बताउछन ।

30020048_2437757369789012_1320743111_n
‘घाँस खेती गर्दा पशुपालनसँगै बिउ बेचेर राम्रो कमाउने समेत गरेको छु’, कृषक पुनले भने,‘कम मेहनतमै राम्रो उत्पादन हुने भएपछि मसुरो,गहु रोप्ने बालीमा घाँस रोप्ने गरेको छु ।’ उनी जस्तै बताउछन अर्का किसान बिमल अधिकारी पनि । उनले पनि करिव डेढ विगाह जमिनमा घाँसको व्यवसायीक खेती गर्दै आएको छ ।
‘घाँसखेती गर्दा पशुपालनमा मद्धतसँगै राम्रो आर्थिक आम्दानी हुने भएपछि विगत केही बर्षदेखि व्यवसायिक घाँस खेती गर्दै आएको छु’,अधिकारीले भने,‘घाँसखेतीले मलाई घरमा भैसीपालनमा समेत सहयोग पु¥याउने गरेको छ ।’ बर्सिम घाँसहरुको राजा घाँसको रुपमा रहेको र पोसिलो हुने हुदा दुहुना गाईभैसीले दुध बढाउनेदेखि पशुहरु मोटाउने भएकाले समेत पछिल्लो समय बर्सिम घाँसको खेती गर्ने किसानहरु बढ्दै गएको अधिकारी बताउछन ।
स्थानीय शिवशक्ति घाँसको विउ उत्पादक समुहका सचिव विमल अधिकारीका अनुसार अहिले करिव १ सय ५० बढि किसानहरु कृषकहरु घाँस खेतीमा संलग्न छन् भने उक्त स्थानमा करिव ६० हेक्टर अर्थात ९० विगाह भन्दा बढि जमिनमा घाँस खेती हुने गरेको छ । गाउँमा घाँसको विउ उत्पादन गर्दै किसानहरुको आर्थिक जीवनस्तरमा परिवर्तन ल्याउने उद्देश्यका साथ २०५८ सालमा २५ जना किसानहरुले समुह स्थापना गरेका थिए ।

‘किसानहरुले गाउँमा उत्पादन गरेको घाँसको विऊ समुहले नै खरिद गर्दिने भएकाले पनि किसानहरुलाई थप सहज भएको छ’, समुहका सचिव अधिकारीले भने,‘कृषकहरुले घरवाटै उत्पादित घाँसको विउ विक्री गर्ने र अन्यबालीभन्दा राम्रो आर्थिक आम्दानी गर्न सक्ने भएकाले घाँस खेतीमा आकर्षित हुने गरेका छन ।’
किसानहरुले प्रतिकठ्ठा जमिनमा मसुरो १५ देखी २० केजीसम्म उत्पादन गर्ने भएपनि बर्सिम घाँसको बिउ ३० देखि ३५ केजीसम्म उत्पादन गर्ने गरेका छन । प्रतिकेजी २ रुपैयाका दरले विक्रि हुने गरेका कारण किसानहरुले ६ देखि ७ हजारसम्म आम्दानी गर्ने गरेका छन । गतबर्षसम्म घाँस खेती गर्न किसानहरुलाई जिल्ला पशुसेवा कार्यालय दाङले विउ तथा विषादीको सहयोग गर्ने गरेपनि कार्यालयको अधिकार स्थानीय तहमा गएको भन्दै यसबर्षदेखि छोडेपछि किसानहरु आफै बिउ तथा बिषादी प्रयोग गर्न थालेका किसानहरुले बताएका छन ।

मंसिर महिनामा छरिने घाँसवाट चैत बैसाखमा उत्पादन लिन सकिने किसानहरुले बताउछन ।  किसानसंग २ सय रुपैया प्रतिकेजीका दरले खरीद गर्ने र समुहले २ सय ३० देखी २ सय ५० रुपैयाका दरले बाहिरी जिल्लाहरुमा विक्रि गर्दै आएको छ । समुहकै कार्यालयमा आएर किन्ने कृषकहरुलाई समुहले ढुवानीको समेत व्यवस्था गरिदिएको छ ।

सौडियारमा उत्पादित घाँसको बिउ पुर्व झापादेखि पश्चिम कैलालीसम्मका विभिन्न जिल्लासम्म जिल्ला पशुसेवा कार्यालयसँगै स्वयम किसानहरु आएर समेत लैजाने गरेको नेपाल घाँस विकास महासंघका महासचिव समेत रहेका अधिकारीले बताए । उनका अनुसार सौडियारमा बार्षिक ३० क्विन्टल भन्दाबढि विउ उत्पादन हुने गरेको छ ।

यसका साथै पछिल्लो दाङका तुलसीपुरको उरहरी, धनौरी, लालमटियालगायतका विभिन्न स्थानहरुमा समेत घाँसको व्यवसायीक खेती हुन थालेको जिल्ला पशु सेवा कार्यालय दाङले जनाएको छ ।
पशुपालनका लागि घाँस खेती गर्न आवश्यक रहेको र घाँसहरुमा बर्सिम उपयोगी मानिने भएकालेपनि पछिल्लो समय व्यवसायीक पशुपालन गर्ने किसानहरुले घाँस खेती गर्न थालेको कार्यालयले जनाएको छ । बर्सिम घाँसकालागि दाङ उपयुक्त स्थान रहेको समेत कार्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*