Home / Feature Breaking news / नगरसभामा आधा दर्जन ऐन टेवल

नगरसभामा आधा दर्जन ऐन टेवल

राप्ती सन्देश समाचारदाता
दाङ,१४ चैत

घोराही उपमहानगरपालिकाको दोस्रा नगरसभामा नगर सञ्चालन सम्वन्धी आधा दर्जन बढि ऐनहरु टेवल भएका छन । नगरसभामा शिक्षा ऐन,कृषि सञ्चालन ऐन, फोहोर व्यवस्थापन गर्ने सम्वन्धी ऐन, सहकारी सञ्चालन ऐन,रेडियो सञ्चालन सम्वन्धी र न्यायिक समिति ऐन छलफलका लागि टेवल भएका हुन ।

चैत दश गतेदेखि सुरुभएको सभामा उक्त ऐन नगरप्रमुख नरुलाल चौधरीले आवश्यक छलफलकालागि सभामा टेवल गरेका थिए । उक्त ऐनमाथि छलफलका लागि नगरसभाले एक हप्ताको समय दिएको छ । ‘नगरसभामा प्रस्तुत भएका ऐनमाथि छलफलका लागि
एक हप्ताको समय दिइएको छ’,घोराही उपमहानगरपालिका वडा नं. ५का वडा अध्यक्ष बिष्णुमणि दाहालले गोरक्षलाई भने,‘हामीहरु अहिले आन्तरिक छलफलमा छौँ,अव बस्ने चैत १६ र १७ गते नगरसभा सल्लाह सुझाव दिने र पास गर्ने छ ।’

स्थानीय तहमा आवश्यक पर्ने विभिन्न खाले ऐन नियमहरु बनाउने तयारी गरिरहदा नयाँ अनुभति भैरहेको समेत उनले बताए । ‘नयाँ संरचनामा स्थानीय तहमा शिक्षालाई कस्तो बनाउने,सहकारीहरुलाई कसरी सञ्चालन गर्ने भन्ने नीति बनाउनका लागि ऐनहरु सभामा प्रस्तुत भएको भन्दै अध्ययनको काम भएको समेत उनले वताए ।

नगरसभामा प्रस्तुत भएका ऐनहरुमाथि आवश्यक सल्लाह सुझावकालागि सदस्यहरुलाई एक हप्ताको समय दिइएको घोराही उपमहानगरपालका प्रमुख नरुलाल चौधरी बताए । ‘नगरप्रमुखको तर्फवाट मैले आवश्यक नीति निर्माणकालागि विभिन्न ऐन नियमहरु सभामा प्रवेश गराएको छु’,नगरप्रमुख चौधरीले भने,‘ अव ऐनमाथि आवश्यक अध्ययन गरेर उपयुक्त सुझाव सदस्यहरुले दिनुहुने छ ।’

आन्तरिक अध्ययनपछि चैत १६ र १७ गते बस्ने सभामा विस्तृत छलफल हुने र नगरसभावाट पास भएर कानूनको रुपमा आउने समेत बताए । त्यस्तै नगरप्रमुख  चौधरीले वडा सदस्यहरुले नगरसभाको विरोध नगरेको समेत बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*