Home / Feature Breaking news / घोराही­ १६ लाई खरको छानो मुक्त बनाउन सुरु

घोराही­ १६ लाई खरको छानो मुक्त बनाउन सुरु

घोराही, २३ फागुन
दाङका घोराही उपमहानगरपालिकाले खरका छानोमुक्त उपमहानगरपालिका बनाउने अभियान सुरु गरेको छ । खरमुक्त छाना बनाउने कार्यक्रम अन्तरगत उपमहानगरपालिकाको वडा नम्बर १६ ले यो अभियानको वुधवारदेखी सुरु गरेको छ । घोराही उपमहानगरपालिका वडा नम्बर १६ ले वडाको सर्रामा रहेको चौधरी गाँउबाट यो अभियानको सुरु गरेको हो । वडा कार्यालयले ६ घरपरिवारलाई जस्ता पाता वितरण गरेको थियो ।

यस वडाबासीहरु जीवन चौधरी, होमबहादुर चौधरी, अनुप चौधरी, बलिराम थापा, निमकुमारी नेपाली र उमा चौधरीलाई जस्तापाता वितरण गरिएको थियो । जस्ता पाता पाएपछि उनीहरुले खुसी व्यक्त गरेका थिए .

वडामा भएका सम्पुर्ण खरको छाना हटाउनका लागि अभियानको सुरुवात गरिएको र यस वडामा खरको छानो रहेका अन्य विपन्न घरपरिवारलाई पनि टिनको जस्ता पाता चालु आर्थिक वर्षको अन्त्यसम्ममा प्रदान गरिने वडाको लक्ष्य रहेको वडा कार्यालयले बताएको छ । हालसम्म ४८ वटा निवेदन वडामा आएको भन्दै निवेदनको आधारमा छानो परिवर्तन गरिने पनि वडा अध्यक्ष लक्षीणप्रसाद बुढाले जानकारी दिए ।

घोराही उपमहानगरपालिकाभित्रका खरका छानोहरु विस्तापित गर्नतर्फ लागिपरेको उपमहानगरपालिका कार्यालयले बताएको छ । वडा नम्बर १६ बाट सुरु भएको खरको छानो परिवर्तन गर्ने अभियान अन्तरगत आगामी आर्थिक वर्षमा सम्पूर्ण वडाहरुमा खरको छाना भएका घरको तंथ्यांक संकलन गरेर खरको छानो हटाएर टिनको छानो लगाउने योजनामा उपमहानगरपालिका रहेको प्रमुख नरुलाल चौधरीले जानकारी दिए ।

घोराही उपमहानगरपालिकाको वडा नम्बर १६ ले सुरु गरेको खरको छानो परिवर्तन गर्ने कार्यक्रम यो पहिलो हो । स्थानीय निर्वाचनदेखी प्रदेश सभा एवं प्रतिनीधी सभाको निर्वाचनका क्रममा उमेद्वारहरुले खरको छानो विस्तापित गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए । यो अभियानले विपन्न परिवारमा खुसी छाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*