Home / Feature Breaking news / यी हुन् दोस्रो पटक सांसद हुने दाङका कांग्रेस नेतृहरु

यी हुन् दोस्रो पटक सांसद हुने दाङका कांग्रेस नेतृहरु

दाङ, २९ माघ
नेपालि काग्रेसकोे तर्फबाट दाङका २ जना महिलाहरु सांसद बनेका छन् । कांग्रेसले दाङबाट २ जनालाई समानुपातिकतर्फ सांसद बनाएको छ । जसमा कांग्रेसका पार्वति डिसी चौधरी र विमला नेपाली रहेका छन् ।

२०३६ सालबाट राजनितिक यात्रा सुरु गर्नुभएकी पार्वति डिसी चौधरी अहिले दोस्रो पटक सांसद बन्नुभएको छ ।

६ कक्षामा पढ्दै गर्दा नेविसंघमा आवद्ध हुनुभएका चौधरी एलएलसी उतिर्णसँगै काठमाडौँमा पुगेर पिके क्याम्पसमा नेविसंघको जिम्मेवार पदमा बसेर काम गर्नुभयो । २०४९ सालमा भएको स्थानीय तहको निर्वाचनमा घरपरिवारको सल्लाह अनुसार उहाँ सोनपुर गाविसको उपाध्यक्षमा कांग्रेसको तर्फबाट उमेद्वार बन्नुभयो ।

निर्वाचनमा विजयी पनि हुनुभयो । महिला सघ क्षेत्रीय अध्यक्ष भएर काम गर्नुभएकी चौधरी पार्टिको पहिलो महाधिवेशनबाट महाधिवेन प्रतिनिधी भएर केन्द्रमा पुग्नुभयो । महिला प्रतिनीधीको रुपमा ११ औँ महाधिवेशनमा केन्द्रमा पुग्नुभएकी चौधरी १२ औँ महाधिवेशनमा महिलातर्फ केन्द्रिय सदस्य हुनुभयो ।

१३ औँ महाधिवेशनबाट पनि केन्द्रिय सदस्य  बन्नुभएकी चौधरी २०७० सालको दोस्रो संविधान सभा निर्वाचनमा दाङ क्षेत्र नम्बर १ बाट प्रत्यक्षतर्फ उमेद्वार बन्नुभयो । अत्यधिक मतले विजयी हुनुभयो ।

सांसद हुदाँ उनले क्षेत्र नम्बर १ मा उल्लेख्य विकासका काम गरेकी छिन् । अहिले सांसद बन्नुभएकी चौधरील आगामी दिनमा सबैको सल्लाह र सहयोगमा अगाडी बढ्ने बताउनुभएको छ ।

दाङबाट कांग्रेसकी विमला नेपाली पनि सांसद बन्नुभएको छ । नेपाली दोस्रो पटक सांसद बन्नुभएको हो । २०६४ मा समानुपातिक सांसद बन्नुभएकी नेपाली यस पटक पनि सांसद बन्नुभएको छ । दलित संघको केन्द्रिय सदस्य समेत रहेकी नेपाली दलित महिलातर्फबाट यस पटक सांसद बन्नुभएको हो ।

चौधरी र नेपालीले पार्टिले पुनः सांसद बनाएर देश र जनताकालागि काम गर्ने अवसर दिएको पार्टि र नेतृत्वप्रति धन्यवाद सहीत कृतज्ञता ब्यक्त गर्दै सदैव देश र जनताको पक्षत्रमा काम गर्ने बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*