Home / Feature Breaking news / सकियो नारायणपुर महोत्सव, दुर्गेशसँगै झुमे दर्शक

सकियो नारायणपुर महोत्सव, दुर्गेशसँगै झुमे दर्शक

नारायणपुर, २४ माघ
घोराही उपमहानगरपालिका वडा नम्बर १० नारायणपुरमा माघ १२ गतेदेखी सुरु भएको महोत्सव सकिएको छ । नारायणपुर उद्योग वणिज्य संघको आयोजनामा ‘कृषि व्यवसाय एवं पर्यटनमा प्रोत्साहनः दीगो अर्थतन्त्रकालागि अमूल्य योगदान’ मूल नाराका आयोजना गरिएकोे ‘नारायणपुर व्यापारिक, कृषि तथा पर्यटन महोत्सव २०७४’ को वुधवार एक कार्यक्रमकावीच समापन गरिएको हो ।

संघका अध्यक्ष मेहेन्द्रकुमार दाहालको अध्यक्षता एवं निवर्तमान सांसद राजु खनालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि खनालले महोत्सवले आर्थिक समृद्धिलाई सहयोग पु¥याएको बताउनुभयो । उहाँले महोत्सवले स्थानीय उत्पादनलाई पर्वद्धन एवं पर्दशन गरेर कृषकहरुलाई उत्प्रेरणा थपेको बताउनुभयो । खनालले नारायणपुर उद्योग वाणिज्य संघले यस क्षेत्रको विकासकालागि व्यवसायीकका साथै सामाजिका कार्यमा पनि अगाडी बढेको भन्दै यस कार्यलाई निरन्तरता दिन अनुरोध गर्नुभयो ।

durgesh
कार्यक्रममा बोल्दै आयोजक नारायणपुर उद्योग वाणिज्य संघका अध्यक्ष महेन्द्रकुमार दाहालले महोत्सव अवधीभर १ लाख दर्शकले महोत्सवको अवलोकन गरेको र करिब २ करोडको आर्थिक कारोबार भएको जानकारी दिनुभयो । उहाँले महोत्सवमा सहयोग गर्ने सम्पूर्ण सहयोगी संघसंस्था एवं व्यक्तीहरुलाई धन्यवाद दिनुभयो ।

समापन कार्यक्रममा नेकपा माओवादी केन्द्रका जिल्ला सदस्य माधवप्रसाद पाण्डे, नारायणपुर उद्योग वाणिज्य संघका अध्यक्ष बलदेव शर्मा, मावि नारायणपुर मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चिन्ताबहादुर बुढाथोकी, ग्रेट बुद्ध एकेडेमी नारायणपुरका प्रीन्सीपल निर्मल न्यौपाने, मतावा संघका जिल्ला अध्यक्ष चन्द्रप्रसाद चौधरीले मन्तव्य राख्नुभएको थियो ।

dure

वाणिज्य संघका उद्योग उपाध्यक्ष अभियान बस्नेतको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा उपस्थितलाई वाणिज्य उपाध्यक्ष तिलकराम पौडेलले धन्यवाद ज्ञापन गर्नुभएको थियो । कार्यक्रमको सहजिकरण महासचिव दिपक सुवेदीले गर्नुभएको थियो । त्यस अवसरमा महोत्सव सफल पार्नकालागि सहयोग गर्ने सम्पूर्ण व्यक्ती एवं संघसंस्थाहरु र उद्घाटनको दिन भएको शोभायात्रामा सहभागी संघसंस्थाहरुलाई लाई प्रशंसापत्र प्रदान गरिएको थियो ।

स्थानीय रुपमा उत्पादित वस्तुहरुको पर्दशनी, यस क्षेत्रका पर्यटकीय स्थलहरुको चिनारी, जातिय पहिचान झल्काउने सांस्कृतिक नृत्य तथा झाँकीहरु, चर्चित कलाकारहरुको दैनिक सांस्कृतिक प्रस्तुति राखीएको थियो । साथै झुला, मौतका कुवा, पिङ, ब्रेक डान्स सहित बाल उद्यानका सम्पूर्ण सामाग्री रहेका थिए । । यसैगरी स्टलहरुमा व्यापारिक, कृषी सँगै स्थानीय उत्पादनका सामाग्रीहरु, पर्यटकीय स्थलहरुको पहिचान रहेका थिए ।

महोत्सवमा दैनिक ख्यातिप्राप्त कलाकारहरुको प्रस्तुति रहेको थियो । जसमा कलाकारहरु प्रमोद खरेल, रामजी खाँड, पशुपति शर्मा, कमल खत्री, ज्योति मगर, रमेशराज भट्टराई, भूमीका गिरी, सुनिल गिरी, प्रीति आले, पल्पसा डंगोल(चम्चुरी), सुरविर पण्डीत(दाह्रीबुढा), दुर्गेश थापा, साहिमा श्रेष्ठ, विनु खड्का, श्रृजना खत्री लगायतका कलाकारहरुको प्रस्तुति रहेको थियो । यस्तै कलाकारहरु सन्दिप न्यौपाने, कला लम्साल, यादवनाथ योगी, रीता केसी, मेक्सम खाति, तिलक वली, चन्द्र शर्मा, दिनेश काफ्ले, टोपेन्द्र विष्ट, सरद समीप, विन्दु परियार, विजय पुन, प्रेम शर्मा, देवेन्द्र बस्नेत, पिताम्वर रिजाल, खड्ग शर्मा,, लगायतका कलाकारहरुको प्रस्तुति रहेको थियो । साथै दैनिक दंगाली कलाकारुको प्रस्तुति रहेको थियो ।

महोत्सवको अन्तिम दिन युवाहरुको रोजाई गायक दुर्गेश थापाले उत्कृष्ट प्रस्तुति राखेका थिए । उनले आफ्ना हिट गीतहरु प्रस्तुत गरेका थिए । उनको प्रस्तुति हेर्नकालागि सयौँ दर्शकहरु महोत्सवमा पुगेका थिए । वुधवार मोडल टकिा जैसीको पनि प्रस्तुति रहेको थियो ।

उद्योग वाणिज्य संघद्धारा धन्यवाद ज्ञापन
नारायणपुरमा माघ १२ देखी २४ गतेसम्म भएको महोत्सव सफल पार्नकालागि सम्पूर्णमा आयोजक नारायणपुर उद्योग वाणिज्य संघले धन्यवाद दिदै कृतज्ञता व्यक्त गरेको छ ।

संघका अध्यक्ष महेन्द्रकुमार दाहाल र महासचिव दिपक सुवेदीले वुधवार विज्ञप्ती निकालेर महोत्सव सफल पार्नकालागि सहयोग गर्ने सम्पूर्ण व्यक्ती, संघसस्था, व्यवसायी, उद्योगी, मूल समिति, उपसमिति, सुरक्षा निकाय, पत्रकार, सञ्चारमाध्यम, सल्लाहकार, महोत्सव निर्देशक, र्दशक, कलाकार लगायत सम्पूर्णमा धन्यवाद ज्ञापन गर्दै कृतज्ञता व्यक्त गर्नुभएको छ । साथै आगामी दिनमा पनि उद्योग वाणिज्य संघको कामप्रति सहयोग अपेक्षा पनि विज्ञप्तीमा गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*