Home / Feature Breaking news / नारायणपुर महोत्सवः रामजीलाई दंगाली फ्यानको साथ

नारायणपुर महोत्सवः रामजीलाई दंगाली फ्यानको साथ

नारायणपुर, २० माघ
नारायणपुर उद्योग वणिज्य संघको आयोजनामा माघ १२ गतेदेखी सुरु भएको ‘नारायणपुर व्यापारिक, कृषि तथा पर्यटन महोत्सव २०७४’ मा शनिवार लोक तथा दोहोरी गायक रामजी खाँडले दंगाली दर्शकमाझ उत्कृष्ट प्स्तुति राखेका छन् । शनिवार दर्शकहरुले खचाखच भरिएको महोत्सवमा भएको सांस्कृतिक कार्यक्रममा दंगाली दर्शकहरुको माया पाएर गएको छ । २० हजार बढि दर्शकहरुले भरिएको महोत्सवमा भएको सांस्कृतिक कार्यक्रममा दर्शकहरुलाई रामजीले छमछमी नचाए भने दर्शकहरु पनि रामजीलाई भरपुर साथ दिए ।

IMG_7007
‘झिमझिम गर्ने परेलीमा धेरै गाजल नलगाउ हल्का हल्का लाएको दामी देखिन्छ’ बोलको गीतबाट प्रस्तुति राख्न सुरु गरेका रामजीले निरन्तर एक घण्टासम्म प्रस्तुति राखे । उनको प्रस्तुतिमा आयोजक नारायणपुर उद्योग वाणिज्य संघका पदाधिकारीदेखी दर्शकहरु छमछमी नाचेका थिए । उनको प्रस्तुतिमा मञ्चमा रहेका विशिष्ठ व्यक्तीहरुदेखी महोत्सवमा उपस्थित सम्पूर्ण दर्शकहरु चाने । उनको प्रस्तुतिमा वाणिज्य संघका अध्यक्ष महेन्द्रकुमार दाहाल, उद्योग उपाध्यक्ष अभियान बस्नेत, वाणिज्य उपाध्यक्ष तिलकराम पौडेल, महासचिव दिपक सुवेदी, कोषाध्यक्ष बसन्त न्यौपाने पनि नाच्न भ्याए । उनको उत्कृष्ट प्रस्तुतिमा महोत्सवमा सहभागि अधिकांश दर्शकहरु नाचेका थिए ।

IMG_7014

खाँडले ‘अमिलो रसैले साधुकी मायालाई मोहनी मन्तरले बाँधुकी मायालाई, फुल फुलेर पहेलै भयो, झम्के मायाले आँधी जोवन कटायो झम्के मायाले, सरर आउ माया मिनी बस चढेर आउ माया, मावा चल्यो सरर डाँडैको बर, सुर्खेत बुलबुले ताल, प्यार प्यार तिम्रो मनमा प्यार जगाऔँ’ लगायतका गीत प्रस्तुत गरेका थिए । महोत्सवमा शनिवार गायीका प्रीती आले मगरको बेलि डान्स सहितको प्रस्तुतिमा पनि दर्शकहरु झुमेका थिए भने फ्यूजन डान्स एकेडेमी घोराहीका कलाकारहरुले प्रस्तुाि राखेका थिए । कार्यक्रमको सहजिकरण विजय पुन र आदिम केसीले गरेका थिए ।

IMG_7058
नारायणपुर उद्योग वणिज्य संघको आयोजनामा ‘कृषि व्यवसाय एवं पर्यटनमा प्रोत्साहनः दीगो अर्थतन्त्रकालागि अमूल्य योगदान’ मूल नाराका साथ सुरु भएको ‘नारायणपुर व्यापारिक, कृषि तथा पर्यटन महोत्सव २०७४’ मा शनिवार २० हजार ब िदर्शकहरुले महोत्सवको अवलोकन गरेका छन् । महोत्सवको मुख्य आकर्षणको रुपमा यस क्षेत्रबाट उत्पादित वस्तुहरुको पर्दशनी, यस क्षेत्रका पर्यटकिय स्थलहरुको चिनारी, जातिय पहिचान झल्काउने सांस्कृतिक नृत्य तथा झाँकीहरु, चर्चित कलाकारहरुको दैनिक सांस्कृतिक प्रस्तुति, योग शिवीर तथा धार्मीक प्रवचन एवं झुला, मौतका कुवा, पिङ, ब्रेक डान्स सहित बाल उद्यानका सम्पूर्ण सामाग्री रहेको महोत्सव आयोजक मूल समितिका संयोजक महेन्द्रकुमार दाहालले जानकारी दिनुभयो ।

आईतवार सुनिल गिरी
महोत्सवमा आईतवार चर्चीत राष्ट्रिय कलाकारहरुको प्रस्तुति रहने छ । आईतवार युवापुस्ताका लोकप्रीय गायक सुनिल गिरी, गायीका एवं मोडल सिर्जु अधिकारी, सुगम संगीतका गायीका रीता केसी, मोडल रुविना अधिकारी, गायक एवं उद्घोषक दिपक खड्का लगायत कलाकारहरुको प्रस्तुति रहने महोत्सवमा सांस्कृतिक संयोजक अधियान बस्नेतले जानकारी दिनुभयो । यस्तै २२ गते सोमवार गायक रमेशराज भट्टराई, एक खुट्टाले मात्र नाच्ने कलाकार रोमा न्यौपाने लगायतको प्रस्तुति रहने बस्नेतले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*