Home / समाचार / नारायणपुर महोत्सवमा सहिमा र मेक्समको उत्कृष्ट प्रस्तुति

नारायणपुर महोत्सवमा सहिमा र मेक्समको उत्कृष्ट प्रस्तुति

नारायणपुर, १५ माघ
नारायणपुरमा जारी महोत्सवमा सोमवार सुगम संगीतकी लोकप्रीय गायीका सहिमा श्रेष्ठले दर्शकहरु मनोरञ्जन दिएकी छिन् । सुगम संगीत एवं नेपाली चलचीत्र गीतहरुमा आफूलाई अब्बल रुपमा स्थापीत गर्न सफल गायीका सहिमाले सोमवार घोराही उपमहानगरपालिका वडा नम्बर १० नारायणपुरमा शुक्रवारदेखी सुरु भएको महोत्सवमा उत्कृष्ट प्रस्तुति राख्दै दर्शकहरुलाई भरपुर मनोरञ्जन दिउकी थिईन् ।

IMG_5390
नारायणपुर उद्योग वणिज्य संघको आयोजनामा ‘कृषि व्यवसाय एवं पर्यटनमा प्रोत्साहनः दीगो अर्थतन्त्रकालागि अमूल्य योगदान’ मूल नाराका साथ सुरु भएको ‘नारायणपुर व्यापारिक, कृषि तथा पर्यटन महोत्सव २०७४’ मा सोमवार सहिमाले आफ्ना चर्चीत गीतहरु पस्केकी थिईन् । उनले ‘किन ल्याङल्याङ गर्दैछौ मैया, तिम्रा डोला डोला हातमा मेहन्दी भरिछौ, दिलमा राख्यो दिलमै फिट तिम्रो पिक्चर हिट’ लगायत आधा दर्जन बढि गीत प्रस्तुत गरेकी थिईन् । उनले भोजपुरी गीत पनि महोत्सवमा प्रस्तुति गरेकी थिईन् । हिट गीतहरु साहिमाले गाउदा दर्शकहरु छमछमी नाचेका थिए । सहिमाको प्रस्तुतिमा साथ दिदै दर्शकहरुले उनको प्रतिभाको सान बढाईदिएका थिए ।

IMG_5490

यस्तै लोकदोहोरी क्षेत्रका चर्चीत गायक दंगाली कलाकार मेक्सम खातीले पनि आफ्ना लोकप्रीय गीतहरु प्रस्तुत गरेका थिए । उनले ‘हसिलो छ मुहार रसिलो छ बोली, सानु कहाँ छौ, आई लभ यू’ लगायतका गीतहरु प्रस्तुत गरेका थिए । सोमवार नायकिा एवं मोडल खुस्बु खड्काले उत्कृष्ट नृत्य प्रस्तुत गरेकी थिईन् ।

IMG_5403
सोमवार सुगम संगीतका दंगाली गायक एवं सञ्चारकर्मी देवेन्द्र बस्नेतले पनि आफ्नो प्रस्तुति राखेका थिए । उनले स्वर्गीय मधुबाबु थापाको स्वरमा रहेको थारु गीतबाट गाउन सुरु गरेका थिए भने वुवा कृष्ण बस्नेतको स्वरमा रहेको चिल बस्यो टुप्पैमा बोलको गीतलाई रिमिक्समा प्रस्तुत गरेका थिए । यस्तै ‘नजरैको गोलीले टायटाय ठीस’ बनायो बोलको गीत प्रस्तुत गरेका थिए ।

IMG_5286
सोमवार गायक सरद समीप, टोपेन्द्र विष्ट, हास्य कलाकार राजु विक लगायत वि फ्रिडम डान्स एकेडेमीको नृत्य प्रस्तुत गरिएको थियो । कार्यक्रमको सहजिकरण लोकदोहोरी गायीका एवं मोडल रुपा घर्ति मगरले गरेकी थिईन् ।
महोत्सवमा व्यापारिक, पर्यटन, कृषी एवं अन्य स्टलहरु रहेका छन् । । करिब १ लाख ५० हजार दर्शकले अवलोकन गर्ने र करिब ३ करोडको आर्थिक कारोबार गर्ने लक्ष्य रहेको छ ।

IMG_5463

महोत्सवको मुख्य आकर्षणको रुपमा यस क्षेत्रबाट उत्पादित वस्तुहरुको पर्दशनी, यस क्षेत्रका पर्यटकिय स्थलहरुको चिनारी, जातिय पहिचान झल्काउने सांस्कृतिक नृत्य तथा झाँकीहरु, चर्चित कलाकारहरुको दैनिक सांस्कृतिक प्रस्तुति, योग शिवीर तथा धार्मीक प्रवचन एवं झुला, मौतका कुवा, पिङ, ब्रेक डान्स सहित बाल उद्यानका सम्पूर्ण सामाग्री रहेका छन् ।

IMG_5309
महोत्सवमा प्रवेशकालागि ५० रुपैयाको टिकटको व्यवस्था गरिएको छ । टिकटमा विद्यार्थीहरुकालागि विशेष छुटका सहित ७५ वर्षभन्दा माथि उमेरका जेष्ठ नागरिक एवं क र ख वर्गको परिचयपत्र भएका अपांगहरुकालागि निशुल्क प्रवेशकालागि फोटोसहित पास उपलब्ध गराईएको छ ।

मंगलवारका कलाकारहरु
नारायणपुर महोत्सवका मंगलवार हट गायीका ज्योति मगर सहित कलाकारहरुको प्रस्तुति रहने भएको छ । मंगलवार ज्योतिसँगै राष्ट्रिय स्तरमा ख्यातिप्राप्त कलाकारहरुको प्रस्तुति रहने सांस्कृतिक संयोजक अभियान बस्नेतले जानकारी दिनुभयो । मंगलवार ज्योति मगर, लोकदोहोरी गायक सन्दिप न्यौपाने, गायक एवं संगितकार यादव योगी, रुपा घर्ति मगर, सरद समीप, टोपेन्द्र विष्ट, गोमा रिजाल, मनोज गोपाल लगायतको प्रस्तुति रहने बस्नेतले जानकारी दिनुभयो । साथै दंगाली कलाकारहरुको पनि प्रस्तुति रहने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*