Home / Feature Breaking news / यसरी भयो नारायणपुर महोत्सवको उद्घाटन(हेर्नुस् तस्वीरमा)

यसरी भयो नारायणपुर महोत्सवको उद्घाटन(हेर्नुस् तस्वीरमा)

नारायणपुर, १२ माघ
घोराही उपमहानगरपालिका वडा नम्बर १० नारायणपुरमा आज शुक्रवारदेखी महोत्स्व सुरु भएको छ । महोत्सवको भव्य कार्यक्रमकाबिच उद्घाटन गरिएको हो । माघ २३ गतेसम्म सञ्चालन हुने महोत्सवको पाँच नम्बर प्रदेशसभा सदस्य अमरबहादुर डाँगीले उद्घाटन गर्नुभएको छ ।

IMG_4763

नारायणपुर उद्योग वणिज्य संघको आयोजनामा ‘कृषि व्यवसाय एवं पर्यटनमा प्रोत्साहनः दीगो अर्थतन्त्रकालागि अमूल्य योगदान’ मूल नाराका साथ सुरु भएको ‘नारायणपुर व्यापारिक, कृषि तथा पर्यटन महोत्सव २०७४’ को उद्घाटन गर्दैै डाँगीले यस महोत्सवल यस क्षेत्रको पहिचान झल्काउने, पर्यटकीय एवं धार्मीक क्षेत्रको पहिचान, कला, संस्कृति एवं कृषी उत्पादनलाई प्रोत्साहन गर्ने बताउनुभयो । उहाँले महोत्सवको सफलताको शुभकामना दिदै सबैले सहयोग गर्नुपर्ने बताउनुभयो । उहाँले यो क्षेत्र कृषी पर्यटन एवं कला संस्कृतिमा अगाडी रहेको भन्दै यसलाई प्रचारप्रसार गर्न र निश्चीत गुरुयोजना बनाएर अगाडी बढ्न अनुरोध गर्नुभयो ।

IMG_4767

राष्ट्रिय सभा सदस्यका उमेद्वार कोमल वलीले महोत्सवहरुलाई आधुनिकीरकणतर्फ लैजान आवश्यक रहेको बताउनुभयो । उहाँले बर्षौदेखी एकै प्रकारको महोत्सवहरु दाङमा भईरहेको भन्दै यसलाई आधुनिकीकरण गर्न आवश्यक रहेको उहाँको भनाई छ । साथै वलीले प्रविधीको विकाससँगै यसलाई यसलाई सदुपयोग गर्दै महोत्सवलाई समय अनुसार परिवर्तन गर्नुपर्ने उहाँको भनाई छ ।

IMG_4796

कार्यक्रममा घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले आर्थिक समृद्धिकालागि यो महोत्सवले भूमीका खेल्ने विश्वास व्यक्त गर्नुभयो । कृषक एवं व्यवसायीहरुलाई उत्साहीत बनाउदै यस महोत्सवले प्रोत्साहन गर्ने उहाँको भनाई छ । उहाँले त्रिपुर क्षेत्र हरेक दृष्टिमा उत्कृष्ट रहेको भन्दै उहाँले कषी र पर्यटनलाई महोत्सवले आकर्षीत गर्न सफल हुनुपर्ने बताउनुभयो । साथै युवाहरुलाई व्यवसायमा लाग्नकालागि महोत्सवले भूमीका खेल्ने बताउनुभयो ।

IMG_4770

नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य धुव्रराज श्रेष्ठ(भारी)ले आर्थिक समृद्धिकालागि महोत्सव अगाडी बढिरहेको बताउनुभयो । उहाँले कृषी व्यवसाय एवं पर्यटनमा महोत्सवले प्रोत्साहन गर्ने र अर्थतन्त्र बलियो बनाउनकालागि भूमीका खेल्ने बताउनुभयो ।

IMG_4828

कार्यक्रममा बोल्ने अन्य वक्ताहरुले महोत्सव सबैको भएकाले यसलाई सफल बनाउनकालागि सम्पूर्ण क्षेत्रबाट लागीपर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

IMG_4840

कार्यक्रममा नेपाल उद्योग वणिज्य महासंघका प्रदेश नम्बर ५ उपाध्यक्ष हेमराज बन्जाडे, दाङ जिल्ला उद्योग वणिज्य संघका उद्योग उपाध्यक्ष बसन्त जोशी, घोराही उपमहानगरपालिका वडा नम्बर १० का अध्यक्ष एवं उद्योग वणिज्य संघका पूर्व अध्यक्ष चित्रबहादुर डाँगी(निर्मल), वडा नम्बर ५ का अध्यक्ष विष्णुमणी दाहाल, वडा नम्बर ८ का अध्यक्ष चन्द्रप्रसाद चौधरी, ११ का अध्यक्ष कुलबहादुर लामीछाने, वडा नम्बर १५ का अध्यक्ष रमेश पाण्डे, १६ का अध्यक्ष लक्षीण बुढाले शुभकामना मन्तव्य व्यक्त गनुएभएको थियो ।

IMG_4853

यस्तै नेपाली कांग्रेस क्षेत्र नम्बर ३ का सभापति भुपबहादुर डाँगी, एमाले घोराहीका सचिव सुदन केसी, माअ‍ेवादी केन्द्रका जिल्ला सदस्य माधवप्रसाद पाण्डे, जनमोर्चाका चन्द्रबहादुर रावत, नारायणपुर खानेपानी तथा उपभोक्ता सरसफाई समितिका अध्यक्ष कुलप्रसाद रजौरे(श्रवण), मतावा संघका जिल्ला अध्यक्ष अध्यक्ष चन्द्रप्रसाद चौधरी, स्वास्थ्य चौकी नारायणपुरका प्रमुख विनोद केसी, मावि नारायणपुर विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चिन्ताबहादुर बुढाथोकी, मावि पशुपति विद्याश्रमका प्रीन्सीपल केशव थापा, दुरसञ्चार टोल विकास संस्थाका अध्यक्ष मानबहादुर बस्नेतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

IMG_4900
उद्योग उपाध्यक्ष अभियान बस्नेतको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण महासचिव दिपक सुवेदीर महोत्सवका सञ्चार संयोजक आर.के.शीतलले गर्नुभएको थियो ।

IMG_4904

महोत्सवमा व्यापारिक, पर्यटन, कृषी एवं अन्य स्टलहरु रहेका छन् । । करिब १ लाख ५० हजार दर्शकले अवलोकन गर्ने र करिब ३ करोडको आर्थिक कारोबार गर्ने लक्ष्य रहेको छ ।

IMG_4929

महोत्सवको मुख्य आकर्षणको रुपमा यस क्षेत्रबाट उत्पादित वस्तुहरुको पर्दशनी, यस क्षेत्रका पर्यटकिय स्थलहरुको चिनारी, जातिय पहिचान झल्काउने सांस्कृतिक नृत्य तथा झाँकीहरु, चर्चित कलाकारहरुको दैनिक सांस्कृतिक प्रस्तुति, योग शिवीर तथा धार्मीक प्रवचन एवं झुला, मौतका कुवा, पिङ, ब्रेक डान्स सहित बाल उद्यानका सम्पूर्ण सामाग्री रहेका छन् ।

IMG_4933
महोत्सवमा प्रवेशकालागि ५० रुपैयाको टिकटको व्यवस्था गरिएको छ । टिकटमा विद्यार्थीहरुकालागि विशेष छुटका सहित ७५ वर्षभन्दा माथि उमेरका जेष्ठ नागरिक एवं क र ख वर्गको परिचयपत्र भएका अपांगहरुकालागि निशुल्क प्रवेशकालागि फोटोसहित पास उपलब्ध गराईएको छ ।

IMG_4812
शनिवारका कलाकारहरु
नारायणपुर महोत्सवका शनिवार राष्«िय स्तरमा ख्यातिप्राप्त कलाकारहरुको प्रस्तुति रहने भएको छ । शनिवार कमल खत्री, सिर्जना खत्री, रुपा खत्री लगायत दंगाली कलाकारहरुको प्रस्तुति रहने सांस्कृतिक संयोजक अभियान बस्नेतले जानकारी दिनुभयो । युवाहरुको रोजाई कमल खत्री सँगै हट गायीका एवं मोडल सिर्जना खत्री र लोकदोहोरी गायीका एवं मोडल रुपा खत्रीको प्रस्तुति रहने बस्नेतले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*