Home / Feature Breaking news / ‘सधै तपाईहरुको साथमा छु’ः न्यौपाने

‘सधै तपाईहरुको साथमा छु’ः न्यौपाने

घोराही, २९मंसिर
नेपाली काग्रेस महाधिवेशन प्रतिनिधि तथा प्रदेशसभा २ (२)का प्रत्यासी भरबहादुर न्यौपानेले नेपाली काग्रेसले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा पराजित भएपनि दाङ र जनताको समृद्धिको लागि पछाडी नपर्ने बताएका छन् ।

नेपाली काग्रेस सौडियार साविक वडा नम्वर३ ले शुक्रवार लखवारमा आयोजना गरेको निर्वाचन समिक्षा कार्यक्रममा बोल्दै उनले निर्वाचनका क्रममा नेपाली काग्रेस पार्टीसँगै आफु पराजित भएपनि विकास निर्माणको सवालमा पराजित नभएको बताए ।
दाङमा पाँच नम्वर प्रदेशको राजधानी बनाउनेदेखि ग्रामीण क्षेत्रमा सडक, विद्युत विस्तार, शिक्षा, सिचाई, स्वास्थ्य क्षेत्र लगायतका विकासका पूर्वाधारहरु विकास लागि आफु लागि पर्ने बताए । ‘ निर्वाचनका क्रममा मैले जनताका विचमा गएर जे–जे प्रतिवद्धता गरेको छु, त्यस अनुसार काम गर्न म सधै लागि पर्नेछु ।’

नेपाली काग्रेसका नेता न्यौपानेले भने–‘ निर्वाचनमा जितेको भए राम्रो हुन्थ्यो होला तर पराजित भएपनि जनताको सेवागर्न पछि पर्ने छैन् ।’ निर्वाचनमा काग्रेस र आफुले पाएको जनमत हेर्दा अहिलेपनि आँफुलाई पराजित भएको महशुस नभएको उनको भनाई थियो ।
उनले भने–‘निर्वाचनका क्रममा कागे्रसका पक्षमा राम्रो जनमत देखिऐको थियो, तर त्यो पछिसम्म किन टिक्न सकेन,यसका बारेमा समिक्षा गर्दै आगामी निर्वाचनसम्म जनतालाई काग्रेसको पक्षमा राख्न सकिन्छ भनेर काग्रेसको नेतृत्वले सोच्नुपर्ने देखिएको छ ।’

काग्रेसको गठका रुपमा चिनिएको जिल्लामा उम्मेदवारहरुले हार्दा जनताहरुमा निराशा देखिएको भन्दै उनले जनतामा देखिएको निराशालाई हटाउन नेताहरु गाउँगाउँसम्म जान आवश्यक रहेको समेत न्यौपानले बताएका थिए । त्यस अवसरमा सहभागिहरुले विजयी उमेद्वार गाँउमा नआएको अवश्यामा पनि पराजीत भएर पनि न्यौपाने मतदाताहरुलाई भेट्न आएको भन्दै खुसी व्यक्त गरेका थिए ।

काग्रेस सौडियार साविक वडा नम्वर ३ सभापति टोपा केसीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली काग्रेसका नेता तथा पूर्वमहाधिवेशन प्रतिनिधि भिमप्रकाश खड्काले निर्वाचनवाट निराश भएका जनताहरुमा उत्साह जगाउन काग्रेस गाउँ जान आवश्यक रहेको बताए ।

‘नेपाली काग्रेसप्रति अहिलेपनि जनताको विश्वास छ,त्यसैको नजिता बामहरु एक भएको अवस्थामा पनि काग्रेसले त्यती धेरै मत भएको हो ।’ खड्काले भने–‘काग्रेससँग रहेका जनताहरुलाई काग्रेसले भुल्न हुदैन । बरु जनताहरुलाई उत्साहित बनाउन नेताहरु गाउँ पस्नुपर्छ । अहिलेको अवस्थाका काग्रेसले खेल्न सक्ने भुमिका बारेमा सिकाउनुपर्छ ।’
त्यस्तै अन्य बक्ताहरुले अहिलेको निर्वाचनमा काग्रेस एक भएपनि बामपन्थीहरुको एकताका कारण निर्वाचनमा नेपाली काग्रेसका उम्मेदवारहरु पराजित भएको भन्दै कार्यकर्ताहरुलाई निराश नहुन आग्रह गरेका थिए ।

इकाई उपाध्यक्ष धनबहादुर पुनमगरको स्वागत मन्तव्यवाट सुरुभएको कार्यक्रममा नेपाली काग्रेस क्षेत्रीय सदस्य रेख बहादुर वली, क्षेत्रीय प्रतिनिधि पूर्णबहादुर रोका,नेपाल महिला संघकी क्षेत्रीय सदस्य पम्फा केसी,नेपाली कागे्रस साविक सौडियार इकाई सभापति कर्णबहादुर बुढाथोकी, नेपाली काग्रेस साविक सौडियार वडा नं. २ का सभापति निमबहादुर चौधरीलगायतले बोलेका थिए । कार्यक्रमको सञ्चालन कोषाध्यक्ष यादव आचार्यले गरेको थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*