Home / Feature Breaking news / बाढि पिडितलाई ग्रामीण महिला उत्थान केन्द्रको सहयोग

बाढि पिडितलाई ग्रामीण महिला उत्थान केन्द्रको सहयोग

दाङ, ३१, असोज
बाँकेमा बाढि प्रभावित परिवारलाई ग्रामीण महिला उत्थान केन्द्र दाङ्गले ५७ घर परिवारलाई राहत वितरण गरेको छ । गत साउन महिनामा आएको बाढिले क्षति पु¥याएको बाँकेको राप्तीसोनारी गाउँपालिकाका घर पविारलाई केन्द्रले ६८ हजार ४ सय बराबरको राहत बितरण गरेको हो । पिडित परिवारलाई नगद तथा खाद्य सामाग्री वितरण गरिएको संस्थाले जनाएको छ ।

संस्थाका केन्द्रिय अध्यक्ष आशमानी चौधरी सम्बन्धित जिल्लामा गई राहत वितरण गर्नुभएको थियो । बाढिवाट ज्यान गुमाएका प्रति परिवारलाई ७ हजार, घरमा क्षति पुगेका प्रति परिवारलाई १२ सय नगद तथा खाद्य सामाग्री सहित राहत उपलब्ध गराएको हो ।

यसअघि पनि संस्थाले लघुबित्त कार्यक्रम अन्तरगतका सदस्यहरुलाई आगलागी बाढीपहिरो भुकम्पबाट प्रभावित परिवारलाई विभिन्न जिल्लामा नगद तथा खाद्य सामाग्री सहित राहत बितरण गर्दै आएको छ । साथै बाँकी पिडित परिवारलाई पनि राहत बितरण गर्ने तयारी हरेको संस्थाले जनाएको छ । राहत वितरण कार्यक्रममा संथाका निर्देशक, कर्मचारी, स्थानिय अगुवा तथा महिला दिदिबहिनिहरुको सहभागिता रहेको थियो ।

राहत वितरण कार्यक्रममा बोल्दै केन्द्रका अध्यक्ष आसमानि चौधरीले हरेक बर्ष बाढिवाट सयौं सर्वसाधारण जनताको अकालमै ज्यान गइरेहेकोले सरकारले तत्काल यसको लागी विषेश पहल गर्नुपर्ने बताउनुभयो । गै.स.सले आफ्नो तर्फबाट विभिन्न पहल तथा सहयोग गरेता पनि सुरक्षित बसोवासका लागि सरकारले गम्भिरता पुर्वक भुमिका निर्वाह गर्नुपर्ने बताउनुभयो ।

अझै पनि गरिब तथा सिमान्तकृत समुदाय आफ्नो जग्गा नभएका कारणले खोलाको बगरमा बसेर गुजारा गरिरहनुपर्ने बाध्यता रहेकोले तत्काल यसको लागी सबैले योजना सहितको काम अगाडि बढाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*