Home / Feature Breaking news / घोराहीका मासु पसल मापदण्ड विपरित

घोराहीका मासु पसल मापदण्ड विपरित

घोराही, ६ असोज
दाङको घोराही बजारका मासुपसलहरु मापदण्ड विपरित सञ्चालन भएका छन् । बजार क्षेत्रमा राँगा, खसी र बंगुरका मासु पसलहरु मापदण्ड बिपरित सञ्चालन भएको पाईएको छ । घोराही उपमहानगरपालिकाले आज शुक्रवार गरेको अनुगमनका क्रममा मासु पसलहरु मापदण्ड बिपरित सञ्चालन भएको पाईएको हो ।
दर्जन जति मासु पसलमा गरिएको अनुगमनका क्रममा खुलारुपमा झुण्ड्याएर राखेको, जालीको व्यवस्था नभएको, फ्रिज भए पनि प्रयोगमा नआएको, खिया लागेका अंकुशमा झुड्याईएको, मूल्यसुची नभएको, झिंगा लागेको पाईएको थियो । अनुगमनका क्रममा आँखा छल्नका लागि मात्रै मासु व्यवसायीहरुले सुधारको प्रयास देखाएको पाईएको छ । यस अघि पनि भएका अनुगमनका क्रममा ति कमजोरीलाई सुधार्न निर्देशन दिए पनि सन्तोषजनक सुधार नभएको पाईएको पशु सेवा कार्यालयका प्रमुख डा. चन्द्रबहादुर रानाले जानकारी दिनुभयो ।

अनुगमनपछि घोराही उपमहानगरका उपमेयर सीता न्यौपानेले मासु व्यवसायीहरुलाई कमजोरीहरु तत्काल सुधार गर्दै नियम अनुसार चल्न निर्देशन दिनुभएको छ । तीन दिन भित्रमा सबै कमजोरीलाई सुधार्न निर्देशन दिदै अटेर गरेमा कानुनी कारवाही हुने बताउनुभयो ।

अनुगमन टोलीमा उपमेयर न्यौपाने सहित वडा नम्बर १४ का अध्यक्ष शक्तिराम डाँगी, कार्यकारी अधिकृत कृष्णप्रसाद सापकोटा, पशु सेवा कार्यालयका प्रमुख डा. चन्द्रबहादुर राना, दाङ जिल्ला उद्योग बाणिज्य संघका अध्यक्ष नारायण भुसाल, जिल्ला प्रशासन सहित पत्रकारहरु रहनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*