Home / Uncategorized / ठेकेदार शर्मालाई कालोमोसो

ठेकेदार शर्मालाई कालोमोसो

घोराही,५ असोज । 

नेपाल कम्युनिष्ट पाटी घोराही उप–महानगर जनपरिषद दाङले सडक निर्माणको काममा लापरवार्ही गरेको भन्दै सडक निर्माण कम्पनीको जिम्मा लिएका कान्छाराम शंकरमाली निर्माण सेवा जेभीका ठेकेदार एजेण्ट पदमप्रसाद शर्मालाई कालोमोसो दलेको छ ।

घोराहीको कटुवाखोलादेखि तुलसीपुर चोकसम्मको सडक निर्माणको काममा ढिलासुस्ती गरि विगत चार बर्षदेखि अलपत्र पारेको,जसकाकारण बजार क्षेत्रलाई कुरुपसँगै बजारका स्थानीयवासी र बजारमा हिड्ने मानिसलाई धुलो बिरामी बनाएको भन्दै परिषदले जनकारवार्ही स्वरुप कालोमोसो दलेको नेपाल कम्युनिष्ट पाटी घोराही उप–महानगर जनपरिषदले निकालेको विज्ञप्तीमा उल्लेख गरिएको छ । सडक निर्माणको जिम्मा लिएको निर्माण कम्पनीले सडक डिभिजन कार्यालय दाङ र घोराही नगरपालिकासँगको मिलोमतोमा सडक निर्माणको काम  अलपत्र पार्ने काम गरेकाले निर्माणमा ढिलाई गर्ने भष्ट्रहरुलाई सजक गराउने उद्देश्य स्वरुप निर्माण कम्पनीका एजेण्ट शर्मालाई कारवार्ही स्वरुप कालोमोसो दलेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।
कालोमोसो दल्नेलाई प्रहरीले खोजी गरिरहेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरिक्षक दुर्गा सिंहले बाइकवाट कालोमोसो छ्यापेर भाग्नेहरुको खोजी भैइरहेको बताउनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*