Home / समाचार / शिक्षा दिवस मनाइयो

शिक्षा दिवस मनाइयो

दाङ २३ भदौ
जिल्ला शिक्षा कार्यालय र जिल्ला शिक्षा समिति दाङको आयोजनामा ३८ औँ राष्टिय शिक्षा दिवस तथा अन्तराष्टिय साक्षरता दिवस मनाइएको छ । जिल्ला शिक्षा अधिकारी रुद्रप्रसाद रेग्मीको अध्यक्षता एवम जिल्ला समन्वय समितिका प्रमुख जितेन्द्रमान नेपालीको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो ।

कार्यक्रममा बोल्ने वक्ताले सामुदायिक विद्यालयको शैक्षिक सुधारमा लाग्न जोड दिएका थिए । जिल्ला शिक्षा कार्यालयका उपसचिव दण्डपानी घिमिरेको स्वागत मनतव्यवाट शुरु भएको कार्यक्रममा सेवा निवृत्त शिक्षकलाई सम्मान गरिएको थियो। त्यस अवसरमा कार्यालयका शाखा अधिकृत देवमणि चौधरीले जिल्लाको शिक्षाको अवस्थामा प्रकाश पारेका थिए ।

कार्यक्रममा घोराही उपमहानगरपालिका प्रमुख नरुलाल चौधरी, शिक्षक महासंघका अध्यक्ष अमरबहादुर खड्का, नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासन, शिक्षका विभिन्न पेशागत संघ सगठनका प्रतिनिध र निजि विद्यालय प्याब्सन र ऐन प्याब्सनका प्रतिनिधि र विद्यार्थीको पनि सहभागिता थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*