Home / समाचार / घोराह- ७ को बजेट, सडकलाई उच्च प्राथमिकता

घोराह- ७ को बजेट, सडकलाई उच्च प्राथमिकता

बिमल योगी
दाङ, २५ साउन

दाङको घोराही उप महानगरपालिका वडा ७ ले आगामी नगर परिषदका लागी योजना तथा कार्यक्रम छनौट सम्पन्न गरेको छ । वडा अध्यक्ष खोपीराम चौधरीको अध्यक्षतामा वसेको वडा समितिको बैठकले वस्ती, टोलबाट प्राथमिकता निर्धारण गरी प्राप्त योजना तथा कार्यक्रमलाई समेटेर छनौट गरेको हो । ती योजना र कार्यक्रमलाई अन्तिम रुप दिनुअघि स्थानिय स्तरमा रहेको वडा नागरिक मञ्च,नागरिक सचेतना केन्द्र,बिद्यालय,राजनितिक दल लगायतसंग परामर्श समेत गरिएको वडा नम्वर ७ का सामाजिक परिचालक बिमल योगीले जानकारी दिनुभयो ।

यस्तै स्थानिय स्तरको बास्तीवक समस्याको पहिचान र योजना निर्माण होस भनि सहभागितामुलक योजना तर्जुमा प्रक्रिया समेत अवलम्वन गरिएको थियो । वडाले वडा नम्वर ७ लाई नगरको छुट्टै पहिचान दिन नमुना थारुग्राम,थारु संस्कृती झल्कने परम्परा संरक्षण गर्न भूयारथान निर्माण र मर्मत,थारु भाषाको संरक्षणका लागी बिद्यालय तहमा बहुभाषा शिक्षण बिधि लाई उच्च प्राथमिकता राखी बजेट बिनियोजन गरिएको वडा अध्यक्ष चौधरीले बताउनुभयो ।

कार्यालय सञ्चालन र पुजिगत गरी जम्मा १ करोडको बजेट सिलिङ प्राप्त भएको वडा नम्वर ७ मा सडक निर्माणलाई बिशेष प्राथमिकता दिइएको छ । वडा समितिको बैठकले पाँच वटा सडकको स्तर उन्नतीका लागी ३९ लाख बजेट बिनियोजन गरेको छ । भने ६ वटा साना योजनाका लागी १६ लाख रुपैया बिनियोजन गरिएको छ । वडा नम्वर ७ ले सामाजिक तथा संस्थागत बिकास कार्यक्रमका लागी ३५ लाख ३० हजार बजेट बिनियोजन गरेको छ ।

यस्तै सर्रादेखी बवई पुल सम्म सडक कालोपत्रे,वडा नम्वर ७ को आधुनिक भवन निर्माण,मा.वि.सौडियारमा प्राविधिक शिक्षा सञ्चालन,वडा नम्वर ७ को मुटुका रुपमा परिचित तल्लो दामोदर रोडको स्तर उन्नती लगायतको योजनालाई पनि उच्च प्राथमिकतामा राखी उपमहानगरमा पठाइएको छ । भने सिँचाईका लागी कच्छारेकुलो,सौडियारे कुलोमा भचना तथा लाइनिङ निर्माण,ड्याम निर्माण,लिफ्ट सिँचाईका लागी समेत बजेट माग गर्ने निर्णय भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*