Home / Feature Breaking news / दाङका प्रहरी प्रमुख सिंहको विदाई

दाङका प्रहरी प्रमुख सिंहको विदाई

घोराही, १८ साउन
दाङबाट सरुवा भएर जान लाग्नुभएका प्रहरी उपरिक्षक धिजजप्रताप सिंहलाई विदाई गरिएको छ । घोराहीमा आज वुधवार भव्य कार्यक्रमकाबीच विदाई गरिएको हो । सामुदायीक प्रहरी सेवा केन्द्र दाङको आयोजनामा भएको विदाई कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तीहरुको सहभागीता रहेको थियो ।

विदाई कार्यक्रममा बोल्दै सिंहले दाङ विकाशोन्मुख जिल्ला भएको भन्दै विकाससँगै आर्थिक कारोबार धेरै हुने एवं बाक्लो बसाईसँगै अपराध पनि बढ्ने भएकाले अपराध हुनु स्वभाविक भएपनि घटना भईसकेपछि अपराधीहरुलाई समाउन प्रहरी प्रशासन सधै तत्पर रहेको बताउनुभयो । मान्छे बरु भोकै बस्न सक्छ, घर नभएपनि निदाउन सक्छ तर सुरक्षाविना मानिस एक पल पनि बस्न नसक्ने भएकाले सुरक्षा अत्यावश्यक विषय भएको हुदाँ प्रहरी प्रशासनलाई सधै सहयोग गर्न अनुरोध गर्नुभयो ।

Dhiraj

दाङमा सिस्टमको सुरुवात मात्र आफूले गरेको भन्दै अब आउने प्रमुखहरुले पनि उत्कृष्ट काम गर्ने विश्वास व्यक्त गर्नुभयो । सिंहले दाङ जिल्ला प्रमुख भएर काम गर्दा एकवर्षको समयमा सहयोग गर्ने सम्पूर्ण दंगालीहरु एवं संगठनका प्रहरीहरु लगायत सम्पूर्ण लाई धन्यवाद दिनुभयो । कार्यक्रममा सहभागीहरुले सिंहले दाङमा रहदा गरेका कामहरुको प्रशंसा गरेका थिए । एकवर्षसम्म दाङमा प्रहरी प्रमुख रहेर शान्ति सुरक्षा र अपराध अनुसन्धानमा अब्बल मानिनुभएका सिंहलाई विदाई गर्न आयोजित कार्यक्रममा सहभागीहरुले उहाँले पु¥याउनुभएको योगदानको चर्चा गर्दै आगामी दिनमा सफलताको शुभकामना दिएका थिए ।

कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रीयासनले जिल्लामा शान्ति सुरक्षा कायम गर्नकालागी सिंहले खेल्नुभएको भूमका हमत्वपूर्ण भएको भन्दै सम्पूर्ण दंगालीहरुको मन जितेर जान लागेको भन्दै आगामी दिनमा सफलताको शुभकामना दिनुभयो । सिंहले आफ्नो कार्यकालमा सञ्चारमाध्यमहरुमा सुचना प्रवाह सहज रुपमा गरेकोमा धन्यवाद पनि दिनुभयो ।

दाङ जिल्ला उद्योग वाणीज्य संघका अध्यक्ष हेमराज बञ्जाडेले व्यापारीहरुलाई सहज रुपमा व्यापार गर्ने वातावरणदेखी जिल्लाको समग्र सुरक्षा व्यवस्थामा संवेदनशील भएर प्रशंसनिय कार्य गरेको भन्दै सम्पूर्ण जिल्लाका व्यापारीहरुको तर्फबाट धन्यवाद सहित सफलताको शुभकामना दिनुभयो ।

त्यस अवसरमा सामुदायीक प्रहरी सेवा केन्द्रले प्रशंसा–पत्र, टिका, खाँदा र पुञ्पगुच्छाले विदाई गरेको थियो । केन्द्रका सल्लाहकार भुपेन्द्र सुवेदीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण सचिव आर.के.शीतलले गर्नुभएको थियो ।

सिंहको केन्द्रिय अनुसन्धान ब्युरो (सिआईवी) मा सरुवा भएको छ । उनको ठाँउनमा प्रहरी उपरिक्षक दुर्गा सिंह ठकुरी दाङ आउनुहुने भएको छ । प्रहरी प्रधान कार्यालय महिला तथा बालबालिका सेवा निर्देशन शाखाबाट सरुवा भएर सिंह दाङ आउन लाग्नुभएको हो । उहाँ दाङमा एसपी भएर आउने पहिलो महिला एसपी हुनुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*