Home / Feature Breaking news / नगर र गाउँ सभाको तयारीः योजना बनाउँदै जनप्रतिनिधि

नगर र गाउँ सभाको तयारीः योजना बनाउँदै जनप्रतिनिधि

अमरराज आचार्य
दाङ, १३ साउन
करिव दुइ दशकपछि जनप्रतिनिधिले स्थानीय तहमा योजना र बजेट बनाउँदै छन् । २०५४ सालमा स्थानीय निकायको चुनाव भएपछि स्थानीय स्तरमा चुनाव हुन सकेको थिएन । नयाँ संरचना अनुसारको स्थानीय तहमा जनप्रतिनिधि चुनिएसँगै आर्थिक वर्ष २०७४÷ ०७५ को लागि योजना र बजेट बाँडफाडमा जुटेका छन् । चालु आर्थिक वर्षको लागि गरिने कामका योजना बनाउन शुरु गरेको जनप्रतिनिधिले जनाएका छन् ।

जिल्लाका १० स्थानीय तहमा असार १४ गते निर्वाचन भएको थियो । निर्वाचनवाट ५ सय २० जना प्रतिनिधि चयन भएका थिए । त्यसैगरेर नगर कार्यपालिका र गाउँ कार्यपालिकामा गरेर ५ सय ४३ जना प्रतिनिधिको संख्या छ । चालु वर्षको लागि योजना र बजेट बाडफाडको लागि छलफल शुरु भएको घोराही उपमहानगरपालिकाका प्रवक्ता भरत अर्यालले बताए । जिल्लाका स्थानीय निकायले साउन अन्तिमसम्म गाउँ सभा तथा नगरसभा गर्दै छन् । ति सभाले स्थानीय तहमा गरिने विकासे कामदेखि बजेट विनियोजन गर्ने छ ।

यस अघि जिल्लाका सवै नगरपालिका र गाउँ विकासले आर्थिक वर्ष २०७४ ÷०७५ को लागि परिषद् गरेका थिए । तर स्थानीय निकाय नयाँ संरचना अनुसार तहमा प्रवेश गरेसँगै साविक नगरपालिका र गाविसले गरेको परिषद पनि खारिज भएको छ । साविक ३ नगरपालिका र ३१ गाउँ विकास भएको जिल्लामा नयाँ संरचना अुनसार २ उपमहानगरपालिका र १ नगरपालिका र ७ गाउँपालिका भएका छन् । निर्वाचन पछि आफनो स्थानिय तहको विकासकालागि योजना बनाएर गाउँ सभा तथा नगर सभावाट पारित गराउने भएका छन् ।

अहिले स्थानिय तहमा जन प्रतिनिधिहरुले आफनो गाऊ पालिका, नगर पालिका तथा उप महानगरपालिका आफनो तहमा उठने राजस्व अनुसार योजना बनाउन तयारी गरेका छन् । वस्तीस्तरवाट योजना मागको लागि छलफल शुरु भएको जनाएका छन् । तुलसीपुर उपमहानगरपालिकाले वडा न १३ र ४ मा बस्तीस्तरीय योजना छलफल गरिसकेको छ । जन प्रतिनिधिहरुले वडा वडामा पुगेर योजना छनोट गर्न समेत सुरु गरेको जनाएका छन् । पहाडी गाविस मिलेर वनेको बंगलाचुली पाऊपालिकाकाले यही साउन २५ सम्म गाऊ सभा गर्ने तयारी गरेको जनाएको छ ।

गाँउपालिकाका अध्यक्ष भक्तबहादुर वलीले साउन २५ सम्म गाँउ सभा गर्न तयारी थालेको बताए । उनले त्यसकालागि वडा वडाहरुमा गएर योजनाहरु वनाउने काम समेत सुरु भएको बताए । उनले भने ‘गाँउपालिकाको आर्थिक हैसियत कस्तो रहन्छ त्यसै अनुसार अगाडि वढने छौ’ । गाँउपालिकामा धेरै काम गर्नु पर्ने अध्यक्ष वलीको भनाई रहेको छ । उनले गाऊपालिकामा वाटो खानेपानी, विद्युत, शिक्षा, स्वास्थ्य जस्ता विषयले प्राथमिक्ता दिईने बताए । उनले साविक गाविसहरुले परिषद्वाट पारित गरेका योजनाहरुलाई पनि निरन्तरता दिईने बताए । अध्यक्ष वलीले भने ‘पहिले पारित भएका योजनाहरु अवस्था हेरेर अगाडि वढाउने खालका योजनाहरुलाई अगाडि वढाउने छौ’ ।

अन्यलाई परिमार्जन गरेर अगाडि वढने उनको भनाई छ । घोराही उप महानगरपालिकाले पनि उप महानगरपालिकाको सभाको तयारी थालेको जनाएको छ । सभाको तयारीका लागि योजनाहरु छनोट गर्ने तयारी गरेको उप महानगरपालिकाका प्रवक्ता भरत अर्यालले जानकारी दिए । उनका अनुसार अहिले उप महानगरपालिकाको राजस्व आम्दानीका वारेमा जानकारी लिने काम भइरहेको छ । अर्यालले भने ‘ आम्दानीको अवस्था जानकारी लिएर योजना वनाउने काम हुने छ’ । उनका अनुसार घोराही उप महानगरपालिकाको नगर सभा साउनको अन्तिम सम्म गर्न गरी अगाडि वढीएको उप महानगरपालिका कार्यालयले जनाएको छ ।

उप महानगरपालिकाका प्रवक्ता अर्यालका अनुसार यस अघि नगर पषिद्वाट पारित भएका योजनाहरु कार्यान्वयनमा लगीने भएको छ । सभावाट केही योजनाहरु थप घट हुन सक्ने अर्यालको भनाई रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*