Home / समाचार / घोराही उपमहानगरपालिकामा दुई जनाको उमेद्वारी रद्द

घोराही उपमहानगरपालिकामा दुई जनाको उमेद्वारी रद्द

घोराही उपमहानगरपालिकामा  उमेद्वारि दिएका दुई जनाको उमेद्वारी रद्द भएको छ
घोराहि १० का मधेशी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक) की महिला सदस्य बजारू चौधरी आफु उमेद्वार भएर अर्को सदस्यको प्रस्तावक वसेकोले र घोराहि १२ का रा.प्र.पा.का दलित महिला सदस्यको उमेर नपुगेकोले उमेद्वारि रद्द भएको मुख्य निर्वाचन अधिकृत चुरामन खड्काले जानकारी दिनुभयो

घोराही उपमहानगरपालिकामा आइतबार मेयर उपमेयरसहित ४ सय ५३ जनाले उम्मेदवारी दर्ता गरेका थिए । मुख्य निर्वाचन अधिकृतको कार्यालयले घोराहीले दिएकाे जानकारी अनुसार घाेराही उपमहानगरमा मेयरमा १३ र उपमेयरमा १२ जनाको उम्मेदवारी परेको  छ । जसमा मेयर र उपमेयरमा ३÷३ जनाको स्वतन्त्र उम्मेदवारी परेको छ ।

Ghorahi_Upamahanagarpalika

नेपाली काँग्रेसको तर्फबाट भूपबहादुर डाँगी, नेकपा एमालेको तर्फबाट नरुलाल चौधरी, नेकपा माओवादी केन्द्रका जीवन गौतम र राप्रपाका भोलानाथ योगीले मेयर पदकालागि उम्मेदवारी दर्ता गराउनुभएको छ । त्यस्तै राष्ट्रिय जनमोर्चाका रामबहादुर जीएम, नेकपा मालेका नेत्रप्रसाद पाण्डे, मधेशी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक)का उर्मिला चौधरी, नेपाल परिवार दलबाट होमबहादुर सिजवाल, नयाँशक्ति पाटीबाट जगत बहादुर पुन, राष्ट्रिय जनमूक्ति पार्टीबाट खिमबहादुर नेपाली र स्वतन्त्रबाट सुशीला आचार्य, गुरुप्रसाद गौतम र द्रोणराज भण्डारीले मेयर पदमा उम्मेदवारी दिनुभएको हो ।

यस्तै उपमेयरमा नेपाली काँग्रेसको तर्फबाट पुष्पा श्रेष्ठ, नेकपा एमालेबाट सिता सिग्देल न्यौपाने, नेकपा माओवादी केन्द्रबाट सिता शर्मा , राप्रपाबाट प्याउली केसी, राजमोबाट कमला विश्वकर्मा, मधेशी जनअधिकार फोरम नेपाल ( लोकतान्त्रिक)बाट द्रोणबहादुर बस्नेत, नयाँशक्ति पार्टीबाट निर्मला विक, नेकपा मालेबाट लिला विश्वकर्मा र स्वतन्त्रबाट ठाकुर प्रसाद महरा, मञ्जु शर्मा र रमेशकुमार आचार्यले उम्मेदवारी दर्ता गराउनुभएको छ ।

मुख्य निर्वाचन अधिकृत चुरामन खड्काका अनुसार चार ठूला दलहरु नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राप्रपाले मात्रै मेयर, उपमेयरसहित घोराही उपमहानगरपालिकाका १९ वटै वडामा पुरै पदमा उम्मेदवारी दर्ता गराएका छन । त्यस्तै वडा अध्यक्षमा ५ जनाले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन । घोराही उपमहानगरपालिकाको वडा नम्वर ८ मा निमबहादुर खड्का, ९ मा जीतेन्द्र शाह, १३ मा धनबहादुर वुढा र १६ मा रामजी थारु र प्रेम प्रसाद चौधरीले उम्मेदवारी दर्ता गराउनुभएको छ । त्यस्तै वडा नं २ को महिला सदस्यमा देवकली विष्ट र ३ मा सुन्दरलाल चौधरीले पनि स्वतन्त्र उम्मेदवारी दर्ता गराउनुभएको छ । निर्वाचन अधिकृतको कार्यालयले दिएकाे जानकारी अनुसार घोराहीमा कुल १४ जनाले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन ।

तुलसीपुरमा ४४४ उम्मेदवार
तुलसीपुर उपमहानगरपालिकामा ४ सय ४४ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जसमा प्रमुखका लागि नौ र उपप्रमुखका लागि ८ जनाले उम्मेदवारी दिएका छन् । जसअनुसार कांग्रेसबाट प्रमुख गेहेन्द्र गिरी र उपप्रमुख देबकी नेपाली रेग्मी, एमालेबाट प्रमुख घनश्याम पाण्डे र उपप्रमुख माया शर्मा, माओवादी केन्द्रबाट प्रमुख शेषुराम भण्डारी र उपप्रमुख सिता ओली, राप्रपाबाट प्रमुख लालबहादुर केसी र उपप्रमुख लक्ष्मीसिंह राठौर, राजमोबाट प्रमुख शुक्रराज भण्डारी र उपप्रमुख कमला जिसी तथा मालेबाट प्रमुखमा शालिकराम चौधरीले उम्मेदवारी दिनुभएको छ ।
त्यस्तै नयाँ शक्तिबाट प्रमुखमा जीवन भण्डारी र उपप्रमुखमा शान्ति रिजाल, स्वतन्त्रबाट प्रमुखमा (देजमु)बाट प्रमुखमा इश्वरीप्रसाद गैरे र स्वतन्त्र (राप्रपा राष्ट्रवादी)बाट प्रमुखमा हंशराज केसी तथा फोरम लोकतान्त्रिकबाट उपप्रमुखमा मीनाकुमारी छन्त्याल र राष्ट्रिय जनमुक्ति पार्टीबाट उपप्रमुखमा लीला पुनले उम्मेदवारी दिएको सहायक निर्वाचन अधिकृत ललितबहादुर घर्तीले जानकारी दिनुभयो ।

त्यस्तै लमही नगरपालीकामा नेपाली काङग्रेसले मेयर पदमा जोगराज चौधरी, उपमेयरमा देवका वेल्वासेको मनोनयन दर्ता गरेको छ । नेकपा एमालेले लमही नगरपालीकाको मेयर पदमा कुल बहादुर केसी र उपमेयरमा मिना गुरुङ्गको उम्मेदवारी दर्ता गराएको छ । नेकपा माओवादी केन्द्रले लमही नगरपालीकाको मेयर पदमा द्रोपदी पौडेल र उपमेयरमा कालुराम चौधरीको मनोनयन दर्ता गराएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टिले लमही नगरपालीकाको मेयर पदमा भेषराज चौधरी र उपमेयर पदमा हेमा चौधरीको मनोनयन दर्ता गराएको छ । राष्ट्रिय जनमोर्चाले लमही नगरपालीकाको मेयरमा कुलचन्द्र पोख्रेल र उपमेयरमा श्रीमती लोकी भुसालको मनोनयन दर्ता गराएको छ । नेकपा मालेले लमही नगरपालीकाको मेयर पदमा प्रेम प्रसाद पुलामीलाई मेयर पदमा मनोनयन दर्ता गराएको छ ।
त्यसैगरी राप्तीमा गाउँपालिकामा काङ्ग्रेसको तर्फवाट गाउँपालीका अध्यक्षमा नुमानन्द सुवेदी र उपाध्यक्षमा जगदम्वा चौधरीको मनोनयन दर्ता भएको छ । नेकपा एमालेको तर्फवाट अध्यक्षमा खिम बहादुर केसी र उपप्रमुखमा हिमाली न्यौपाने, नेकपा माओवादी केन्द्रले अध्यक्षमा श्यामेस चौधरी र उपाध्यक्षमा भगवता शर्मा अधिकारी, राष्ट्रिय जनमोर्चावाट अध्यक्षमा नरबहादुर केसी र उपाध्यक्षमा चमेली चौधरीको मनोनयन दर्ता भएको छ । नयाँ शक्ति र संघिय समाजवादी फोरम नेपालको संयुक्त गठवन्धनबाट अध्यक्षमा नन्दकुमार चौधरी र उपाध्यक्षमा भूमि गुरुङ्गको उम्मेदवारी दर्ता भएको छ ।

गढवा गाउँपालीकामा काङग्रेसवाट अध्यक्षमा श्रीपत चौधरी र उपाध्यक्षमा सकुन्तला डिसी, एमालेबाट अध्यक्षमा सहजराम यादव र उपाध्यक्षमा शान्ति चौधरी, माओवादी केन्द्रबाट अध्यक्षमा लुमाकान्त न्यौपाने ‘सागर’ र उपाध्यक्षमा रमा चौधरी, राष्ट्रिय जनमोर्चावाट अध्यक्षमा गुणनिधि शर्मा र उपाध्यक्षमा मिना रायमाझीको मनोनयन दर्ता भएको छ । लोकतान्त्रिक फोरमवाट अध्यक्षमा हिरालाल चौधरी र उपाध्यक्षमा सिता चौधरीको उम्मेदवारी दर्ता भएको छ ।

राजपुर गाउँपािलकामा काङग्रेसवाट अध्यक्षमा लोकराज केसीले र उपाध्यक्षमा धनपती यादव, एमालेवाट अध्यक्ष कुलराज गिरी र उपाध्यक्ष सिता यादव, माओवादी केन्द्रबाट अध्यक्ष श्यामबहादुर झाक्री र उपाध्यक्ष पुष्पा यादवको उम्मेदवारी दर्ता भएको छ ।

पहाडी गाउँपालिका बंगलाचुलीमा कांग्रेसबाट अध्यक्ष भोजराज पाण्डे र उपाध्यक्ष निर्मला खनाल, एमालेबाट अध्यक्ष गिरबहादुर कँवर मगर उपाध्यक्ष ताराकुमारी थापा, माओवादी केन्द्रबाट अध्यक्ष भक्तबहादुर ओली र उपाध्यक्ष यमुना घर्ती मगरले उम्मेदवारी दिनुभएको छ । त्यस्तै राप्रपाबाट अध्यक्ष लुमाकान्त कँवर मगर र उपाध्यक्ष समिताकुमारी घर्ती मगर, राजमोबाट अध्यक्ष भीमबहादुर खत्री र नयाँ शक्तिबाट अध्यक्षमा गीताकुमारी पुनले उम्मेदवारी दिनुभएको छ । यो गापामा १ सय ४५ जनाको उम्मेदवारी परेको निर्वाचन अधिकृत दण्डपानी घिमिरेले जानकारी दिनुभयो ।

त्यसैगरी शान्तिनगर गाउँपालिकामा कांग्रेसबाट अध्यक्ष कमानसिंह डाँगी र उपाध्यक्ष मिथिला शाह, एमालेबाट अध्यक्ष बिष्णुबहादुर केसी र उपाध्यक्ष खिमाकुमारी पाण्डे, माओवादी केन्द्रबाट अध्यक्ष नेवबहादुर रोका र उपाध्यक्ष राधिका परियार, राप्रपाबाट अध्यक्ष तम्मन केसी र उपाध्यष सम्झना डाँगी, राजमोबाट अध्यक्ष प्रेमकुमारी बिक, नयाँ शक्तिबाट अध्यक्ष रुद्रबहादुर केसी र उपाध्यक्ष खिमा ओली, फोरम लोकतान्त्रिकबाट अध्यक्ष सुनिल बिक र राष्ट्रिय जनुमुक्ति पार्टीबाट अध्यक्षमा धनराज विश्वकर्माले उम्मेदवारी दिएको निर्वाचन अधिृकत कृष्णप्रसाद खरेलले जानकारी दिनुभयो ।

त्यसैगरी बबइ गाउँपालिकामा कांग्रेसबाट अध्यक्षमा कुलबहादुर खत्री क्षेत्री र उपाध्यक्षमा देवकुमारी बस्नेत, एमालेबाट अध्यक्ष भुवनेश्वर पौडेल र उपाध्यक्ष सावित्री बिक, माओवादी केन्द्रबाट अध्यक्ष सुशील खड्का क्षेत्री र उपाध्यक्ष उर्मिला ओली, राप्रपाबाट अध्यक्ष बलभद्र ओली क्षेत्री र उपाध्यक्ष कलवती खत्री ओली, राजमोबाट अध्यक्ष दयाराम गौतम र उपाध्यक्ष टनि कामी र नयाँ शक्तिबाट अध्यक्ष लोकेन्द्रकुमार सुनारले उम्मेदवारी दिएको निर्वाचन अधिकृत बाबुराम गौतमले जानकारी दिनुभयो ।

दंगीशरण गाउँपालिकामा कांग्रेसबाट अध्यक्ष यज्ञनारायण आचार्य र उपाध्यक्ष पिमा खड्का, एमालेबाट अध्यक्ष भागीराम चौधरी र उपाध्यक्ष सिमा न्यौपाने, माओवादी केन्द्रबाट अध्यक्ष हिरालाल चौधरी र उपाध्यक्ष सिता बस्नेत, राप्रपाबाट अध्यक्ष धर्मराज पुरी, फोरम लोकतान्त्रिकबाट अध्यक्ष झरेन्द्रबहादुर खत्री र उपाध्यक्ष सुनिता चौधरी, राजमोबाट अध्यक्ष पदमबहादुर ओली, जगगारण पार्टीबाट अध्यक्ष भीमबहादुर दमाइ र उपाध्यक्ष कमला बिक तथा स्वतन्त्रबाट अध्यक्षमा युगराज पुरीले उम्मेदवारी दिएको निर्वाचन अधिकृत रुद्रमणि गिरीले जानकारी दिनुभयो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*