Home / समाज / कञ्चनपुरमा दलित समुदायका घर निर्माण हुँदै

कञ्चनपुरमा दलित समुदायका घर निर्माण हुँदै

जनता आवास कार्याक्रमअन्तर्र्गत कञ्चनपुरमा दलित समुदायका लागि घर निर्माण कार्य सुरु गरिएको छ ।

सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय धनगढीले सो कार्यक्रमअन्तर्गत कञ्चनपुरका दलित समुदायका लागि घर निर्माण कार्य सुरु गरिएको हो ।

स्वीकृत नमूना र कार्याविधि २०७३ को व्यवस्था अनुसार सर्भेक्षण फाराम भरेका दलित समुदायलाई छनोट गरी घर निर्माण कार्यलाई अगाडि बढाइएको सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय इन्जिनियर मोहनराज अवस्थीले बताए।

पहिलो चरणमा दलित समुदायका एकल महिला, अतिविपन्न, अपाङ्गता र असहायलाई प्राथमिकतामा राखेर घर निर्माण कार्यलाई निरन्तरता दिइएको छ” उनले भने।
जिल्ला समन्वय समिति कञ्चनपुरको गत पुस ३ गतेको निर्णय अनुसार साविक सम्पूर्ण नगरपालिका र गाविसमा कार्यक्रम सञ्चलन गर्ने निर्णय गरिएको थियो ।

कार्यक्रमअन्तर्गत शुक्लाफाँटामा ४०, बेदकोटमा ५३, बेलौरीमा ३२, पुर्नवासमा ५९, महाकालीमा ७४, कृष्णपुरमा ४७, साविक वाइसे बिचवा र रैकवार विचवामा १९, बेलडाँडीमा २६, रामपुर विलासिपुर र श्रीपुरमा १७ तथा भीमदत्तनगरपालीकामा १२४ गरी कुल पाँच सय घर निर्माण भइरहेको इन्जिनियर अवस्थीले बताए।

प्रत्येक घर निर्माणका लागि दुई लाख १५ हजार २३९ रकम प्रदान गरिएको छ । राउटे र दलित समुदायका लागि कार्यक्रम सञ्चालन गरिए पनि छनोटमा अहिलेसम्म राउटे समुदायका व्यक्ति परेका छैनन् ।

सोही कार्यक्रमअन्तर्गत कैलालीमा पनि दलित, राउटे र मुस्लिम समुदायका व्यक्तिका लागि एक हजार २५० घर निर्माण हुने भएका छन् । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*