लक्ष्मण बस्नेत
दाङ,११ फागुन । प्रदेश न ५ स्तरीय महिला तथा पुरुष ह्यान्डबल छनोट प्रतियोगिता २०७५ मा भाग लिन दाङको खेलाडी टोली भैरहवा प्रस्थान गरेको छ ।
बृहत आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता २०७५ को प्रदेश न ५ स्तरीय टिम तथा खेलाडी छनोटका लागि फागुन १२ देखि १४ गते सम्म भैरहवामा संचालन हुने प्रतियोगितामा भाग लिन २७ सदस्यीय खेलाडी टोली शनिवार त्यस तर्फ प्रस्थान गरेको हो ।
महिला तर्फ अन्जना मल्ल र पुरुष तर्फ पोषण सेन्चुरी क्याप्टेनसीप रहेको खेलाडी टोलीलाई तुलसीपुर उपमहानगरपालिका वडा न ५ का अध्यक्ष बिरेन्द्र कुमार शाह,तुलसीपुर उपमहानगरपालिकाका ईन्जिनियर पवनकुमार योगी, दाङ जिल्ला फुटबल संघका अध्यक्ष सुशील श्रेष्ठ, खेलकुद पत्रकार मञ्च दाङका अध्यक्ष लक्ष्मण बस्नेत, खेलप्रेमी लगाएतकाले संयुक्त रुपमा टिका लगाएर विदाई गरिएको थियो ।
महिला टोलीमा क्याप्टेन अन्जना मल्ल, सीता मल्ल, आशा गौतम, सबिना जैसी,हिमालु रोका, मिना चन्द, लिला बिक, प्रेमा बिक, अनिशा रोका, मनिशा रोका रहेका छ्न् । त्यस्तै पुरुष टोलीमा क्याप्टेन पोषण सेन्चुरी, विपिन श्रेष्ठ, सन्तोष लामिछाने, डिलाराम पुन, सुरेश चौधरी,आयुष केसी, रविन ओलली, रोहित ओली, प्रकाश बुढा, मदन भुसाल, सुनिल नेपाली र मोहन ओली रहेका छ्न् ।
त्यस्तै टोलीको अफिसियलमा पिताम्बर आचार्य, झपेन्द्र पौडेल र रेफ्रीमा मोहन केससी रहनु भएक छन । दाङको महिला ह्यान्डबल टोलीले आफ्नो पहिलो खेल आईतवार रुपन्देहीसंग खेल्नेछ । यसैबीच प्रदेश न ५ स्तरीय ह्यान्डबल प्रतियोगितामा भाग लिन जाने दाङको महिला तथा पुरुष ह्यान्डबल टोलीलाई एक कार्यक्रमका बिच तुलसीपुर उपमहानगरपालिका वडा न ५ ले २७ सेट ट्र्याकसुट र तुलसीपुर उपमहानगरपालिका कार्यालय खेलकुद संचालन समितिले २७ सेट जर्सी प्रदान गरेको थियो ।
बिदाई कार्यक्रम दाङ जिल्ला ह्यान्डबल संघका उपाध्यक्ष पिताम्बर आचार्यको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिका वडा न ५ का अध्यक्ष बिरेन्द्र कुमार शाहको प्रमुख आतिथ्य एवं तुलसीपुर उपमहानगरपालिकाका ईन्जिनियर पवनकुमार योगीको बिशिष्ट आतिथ्यमा भएको थियो । कार्यक्रमको संचालन ह्यान्डबल संघका सहसचिव संजय कुमार गुप्ताले गर्नु भएको थियो ।
RaptiSandesh RaptiSandesh