Home / Feature Breaking news / ५५ दिने जिम्मेवारीमा सफल भएर फर्किए म्यादि प्रहरी (तस्वीरमा हेर्नुस्)

५५ दिने जिम्मेवारीमा सफल भएर फर्किए म्यादि प्रहरी (तस्वीरमा हेर्नुस्)

घोराही, ७ पुष
मंसिर २१ गते सम्पन्न प्रतिनिधी सभा र प्रदेश सभा निर्वाचनकालागि भर्ना गरिएका म्यादि प्रहरीहरुलाई दाङमा विदाई गरिएको छ । जिल्ला प्रहरी कार्यालय दाङले शुक्रवार घोराहीमा एक कार्यक्रमको आयोजना गरि उनीहरुलाई विदाई गरेको हो ।

जिल्लामा भर्ना भएका १ हजार ५ सय ९२ म्यादी प्रहरीलाई विदाई गरिएको हो । विदाईका क्रममा आफ्नो जिम्मेवारी सफलतापूर्वक सम्पन्न गरेको भन्दै खुशी व्यक्त गरेका थिए ।

IMG_2222

म्यादी प्रहरीहरुलाई पंशसापत्र सहित अविरको टिकाले विदाई गरिएको थियो । दाङका प्रहरी प्रमुख एसपि दुर्गा सिंह चन्द र नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासनले उनीहरुलाई टिका र प्रमाणपत्रले विदाई गर्नुभएको थियो ।

 IMG_2264

कार्यक्रममा बोल्दै जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख सिंहले निर्वाचनकालागि म्यादि प्रहरीले खेलेको भूमीका अतुलनिय रहेको बताउनुभयो । उहाँले अब राज्यले दिएको जिम्मेवारी सकिएपनि सधै सामाजिक रुपमा समाजमा शान्ति सुरक्षा कायम गर्न अपराध नियन्त्रणकालागि भूमीका खेल्न अनुरोध गनुएभयो । साथै अवसरलाई आत्मसाथ गर्दै अगाडी बढ्न उहाँले सबैलाई सल्लाह दिनुभयो । साथै आगामी दिनमा सफलताको शुभकामना पनि दिनुभयो ।

IMG_2240

विशिष्ट अतिथि नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष प्रियासनले निर्वाचनलाई सफल बनाउन म्यादि प्रहरी राम्रो भुमिका रहेको चर्चा गर्दै उनीहरुलाइ क्षमता अनुसारको कुनै न कुनै काममा राज्यले लगाउनुपर्ने बताउनुभयो ।

IMG_2281

कार्यक्रममा म्यादि प्रहरीहरु सुरेन्द्रकुमार केसि र बुद्धिराम चौधरीले म्यादि प्रहरी भएर राज्यलाई सहयोग गर्न पाँउदा खुसि भएको र आउदा अवसरमा आफुहरुलाई प्राथमीकता दिन आग्रह गर्नु भयो ।

IMG_2279

म्यादि प्रहरीको समयावधि सकिएपछि आँफुहरु वेरोजगारी हुने भन्दै यदि ठुलो संख्यामा सिप युक्त युवाहरु वेरोजगार हुने भएकाले यसतर्फ राज्यले सोच्नुपर्ने उहाँहरुको भनाई छ । कार्यक्रमको सञ्चालन जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक धनदेव साउदले गर्नु भएको थियो ।

IMG_2295

कार्यक्रममा मंसिर १२ गते तुलसीपुरमा भएको बम विष्फोटमा परि मृत्यु भएका म्यादि प्रहरी विनोद चौधरीलाई बोल्ने वक्ताहरुले बारम्बार सम्झना गरेका थिए ।

IMG_2219

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*