Home / Feature Breaking news / गौतमको दाङ देउखुरीको स्वर्णिम इतिहास पुस्तक विमोचन

गौतमको दाङ देउखुरीको स्वर्णिम इतिहास पुस्तक विमोचन

लेखक एवं पत्रकार डा। सुदीप गौतमद्धारा लेखिएको ‘दाङ देउखुरीको स्वर्णिम इतिहास’ को विमोचन गरिएको छ ।

बिहीबार घोराहीमा विमोचन समारोहको ओयोजना गरी गौतमले लेखेको ‘दाङ देउखुरीको स्वर्णिम इतिहास’ पुस्तकको विमोचन गरिएको हो ।

नेपाल संस्कृत विश्वविद्यालय वेल्झुण्डी दाङका उपकुलपति प्रा।डा। धनेश्वर नेपालले पुस्तकको विमोचन गरेका हुन् । पुस्तकको विमोचन गर्दै प्रमुख अतिथि प्रा।डा। नेपालले दाङका लेखनिकारको पङ्तीमा गौतम थपिएको बताए ।

नेपालको साहित्य होस् या अन्य विभिन्न विश्लेषणात्मक एवं इतिकास लेखनीमा दाङका लेखकहरूको पनि महत्पवूर्ण भूमिका रहेको उल्लेख गर्दै प्रा।डा। नेपालले त्यसको पङ्तीमा एउटा उदाउदो लेखकको रुपमा गौतम पनि थपिएको बताए ।

कार्यक्रममा पुस्तकको समीक्षा गर्दै प्रा.डा. शिवकुमार सुवेदीले गौतमद्धारा लेखएको ‘दाङ देउखुरीको स्वर्णिम इतिहास’ पुस्तकमा दाङको २००७ सात अघिका राजनीतिक घटनाक्रमलाई पृष्ठभूमिमा राखेर २००७ सालदेखि २०७० सम्मका राजनीतिक घटनाक्रमलाई विभिन्न नौ खण्डमा विभाजन गरेर विश्लेषण गरिएको जानकारी दिए ।

उनले पुस्तकमा घटनाक्रमलाई गहिराइसम्म पुगेर विश्लेषण गरिएको र दाङको इतिहासलाई बुझ्न सकिने गरी लेखिएकाले पठनीय कृति भएको बताए ।

राधिकादेवी आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा विशिष्ट अतिथि साहित्यकार एवं प्राज्ञ उत्तमकृष्ण मज्गैयाँले लेखक गौतमले दाङको इतिहासमा भएका घटनाक्रमलाई बढो तथ्यसहित विश्लेषण गरेर लेखेको चर्चा गर्दै प्रशंसा गरे ।

कार्यक्रममा लेखक गौतमले आफ्ना धारणा व्यक्त गर्दै आफूले इतिहासमा दाङमा भएगरेका घटनाक्रमलाई माला मात्रै उनिएको भन्दै यो दाङको पहिलो इतिहास पनि नभएको र अन्तिम पनि नभएको बरु घटनाक्रमलाई वहसमा ल्याएको र भाविहरुलाई थप अध्ययन गर्न सहज बनाएको बताए ।

उनले दाङको राजनीति केन्द्रिय राजनीतिकमा हस्तक्षपकारी भूमिका खेल्न सक्ने भूमिका रहेपनि यहाँका राजनीतिलाई केन्द्रमा सधै पछि पारिएको पनि बताए ।

पुस्तक प्रकाशनको जिम्मेवारी पाएको बि.एन. पुस्तक संसारको आयोजनामा भएको कार्यक्रममा साहित्यकार विनोद पाख्रेल, राप्ती साहित्य परिषदका अध्यक्ष कमलमणि देवकोटालगायतले शुभकामना व्यक्त गरेका थिए । सुन्दर गौतमको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण सूर्य विसीले गरेका थिए ।

लेखक डा. गौतम लामो समयदेखि पत्रकारिता क्षेत्रमा आवद्ध छन् भने दाङकै महेन्द्र बहुमुखी क्याम्पसमा प्राध्यापन पेशामा पनि आवद्ध छन् । साथै साहित्यिक लेखनमा पनि सक्रिय गौतमको यसअघि नै ‘परेलीमा बाढी’ गजल संग्रह प्रकाशन भइसकेको छ । गौतम राप्ती सन्देशका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*