द हङकङ सुपर सिक्सेस प्रतियोगिताको पहिलो खेलमा नेपालले इंग्ल्याण्डमाथि ६ विकेटको शानदार जित हासिल गरेको छ।
टस हारेर पहिले ब्याटिङ गरेको इंग्ल्याण्डले दिएको ९८ रनको लक्ष्य नेपालले ४.२ ओभरमा बिना विकेटको क्षतिमा पूरा गर्यो।
नेपालका कप्तान सन्दीप जोराले सानदार तथा विष्फोटक इनिङ खेल्दा नेपालले सहज जित हासिल गर्यो। उनले १२ बलमा ५० रन बनाउँदा रिटायर्ड हर्ट भएका थिए।
त्यस्तै लोकेश बमले ११ बलमा २० रन बनाउँदा रसिद खानले ५ बलमा २१ रन बनाएका थिए। त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको इंग्ल्याण्डले ५.५ ओभरमा ९७ रन बनाउँदा अलआउट भएको थियो।
इंग्ल्याण्डले एक बल बाकी छदा सबै विकेट गुमाएर ९७ रन जोडेको थियो। बलिङमा नेपालका प्रतिश जिसीले सर्वाधिक २ विकेट लिएका थिए। नेपालले अब दोस्रो खेल अष्ट्रेलियासँग खेल्ने छ।
RaptiSandesh RaptiSandesh