Home / Feature Breaking news / सुनिल पुन स्मृति फुटबल प्रतियोगिता : आज सेमीफाईनल खेल हुदै

सुनिल पुन स्मृति फुटबल प्रतियोगिता : आज सेमीफाईनल खेल हुदै

नारायणपुर, ८ असोज

घोराही उपमहानगरपालिका १० का युवा स्व.सुनिल पुनको स्मृतिमा सञ्चालित प्रथम रनिङ शिल्ड फुटबल प्रतियोगिता अन्तरगत आज मंगलवार सेमिफाईनल खेल हुने भएका छन् ।

न्यू स्टार फुटबल एकेडेमी नारायणपुरको आयोजना र प्रकृति लोक सांस्कृतिक क्लब नारायणपुरका व्यवस्थापनमा सञ्चालित प्रतियोगिता अन्तरगत आज सेमिफाईनल खेलहरु हुने छन् ।

फाईनल प्रवेशकालागी न्यू स्टार फुटबल एकेडेमी सेतो र मेघा स्पोर्ट क्लब भिड्नेछन् भने घोराही १७ र हापुर युथ क्लब एक आपसमा खेल्ने छन् । १४ वटा टिम सहभागी प्रतियोगिता नकआउट चरणमा खेलाईएको थियो ।

घोराही १० बिपी बाटिका खेल मैदानमा आज दिउसो २ बजे हापुर युथ क्लब र घोराही १७ बिच खेल हुनेछ भने अपराह्न ४ बजे न्यू स्टार फुटबल एकेडेमी र मेगा स्पोर्ट क्लबबीच हुनेछ । प्रतियोगिताको फाईनल खेल असोज ९ गते भोली बुधवार हुनेछ ।

प्रतियोगितामा प्रथम हुनेलाई नगद ६१ हजार १ सय ११, दृतिय हुनेलाई ३१ हजार १ सय ११ कप, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ भने विभिन्न विधागत उत्कृष्ट खेलाडीहरुलाई पनि जनही २ हजारका दरले पुरस्कार प्रदान गरिने प्रतियोगिता संयोजक खुमबहादुर पुनले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*