लक्ष्मी ढकाल
विश्व मानसिक स्वास्थ्य संघद्वारा सन् १९९२ देखि हरेक बर्ष १० अक्टुबरको दिन विश्व मानसिक स्वास्थ्य दिवस मनाईएको छ । यो बर्ष पनि कार्यस्थलमा मानसिक स्वास्थ्यलाई प्राथमिकता भन्ने नाराका साथ यो दिवश मनाईएको हो । यसै सन्दर्भमा यस लेखमा मानसिक स्वास्थ्यको अवश्था र कसरी मानसिक रुपमा स्वस्थ रहने भन्ने विषयमा चर्चा गरिदैछ ।
दंगीशरणकी ५० बर्षिय एक महिलालाई समय समयमा श्वास फेर्न गाह्रो हुन्छ, घाँटीमा केही अडकिए जस्तो हुन्छ । परिवारका सदस्य कसैको पनि माया लाग्दैन । रातमा निन्द्रा लाग्दैन ,दिनमा भोक लाग्दैन । एक्लै कोठामा वसेर रोइरहन मन लाग्छ ।। आफन्त छोराछोरी देख्दा एकदमै रिस उठछ । मेरो त कोही पनि छैन कसैले मलाई माया गर्दैनन म एक्लो छु भन्ने महशुश मात्र हुन्छ । मनोविमर्शका् क्रममा उहाँले जीवनप्रति निराशा बढ्दै गएको र आत्महत्या गर्ने सोंच पनि पटक पटक आउने साथै प्रयास पनि गरेको बताउनु हुन्छ ।
३२ वर्षिका एक युवक जसलाई अत्यधिक रुपमा मनमा तनाव मात्र भइरहन्छ । जति सकारात्मक कुराहरु लिन खोजेपनि नकारात्मक कुराले मात्र जित्छ । रातमा निन्द्रा लाग्दैन । रातभरी मनमा कुरा सोचेर एक झिमिक नगरी उज्यालो हुन्छ । दिन भर टाउको दुखेर सहन नसकिने गर्छ र फेरी वाचेर के काम रातमा निन्द्रा छैन मनमा तनाव मात्र भइरहन्छ वरु वाच्न भन्दा मर्न वेस भन्ने सोच आउन थालेको २ हप्ता भइसकेको कुरा वताउनुहुन्छ ।
१८ बर्षिय भर्खरै मात्र सुत्केरी भएकी एक आमाले पनि आफ्ना भावनाहरु व्यक्त गर्दा मनमा धेरै कुराहरु खेल्ने गरेको, सोंच्दा राम्रा नराम्रा सबै कुरा मनमा आउने गरेको र अन्तिममा नकारात्मक सोचाइले जित्ने गरेको वताउनुहुन्छ । जच्चाको माया नै नलाग्ने,वच्चालाई स्याहार सुसार गर्न मन नलाग्ने र परिवारका सदस्य प्रति घृणा लाग्ने रमनमा उत्साह नआउने र जीवनप्रतिको आशा मर्दै गएको वताउनुहुन्छ ।
उहाँहरु त केही उदाहरणीय पात्र मात्र हुनुहुन्छ । उहाँहरुले मनोविमर्श सेवाको क्रममा व्यक्त गरेका धारणा हुन् । यस्ता पात्रहरु कती छन । गनेरै नसकिने अवस्था छ । अहिले प्राय सवैको मुखमा मलाई तनाव छ मात्र भन्ने शव्दहरु सुनिन्छन ।
हरेक व्यक्ति हरेक हिसाबले स्वस्थ रहन पाउने उनीहरुको नैसर्गिक अधिकार पनि हो । हाम्रो शरीरमा शारीरिक, दुर्बलता चोटपटक नहुँदैमा हामीहरु स्वस्थ छौ भन्न सकिदैन । हामी स्वस्थ रहनका लागि स्वस्थ शरीरको साथै स्वस्थ मन स्वस्थ सोंचाई हुनु निक्कै आवश्यक छ । शरीर र मनको सम्बन्ध जोडिएको हुन्छ । एकको असर अर्कोमा पर्दछ । शरीरमा पर्ने असरले मनमा, मनमा पर्ने असरले शरीरमा प्रभाव पारिरहेको हुन्छ । कतिपय लक्षणहरु उस्तै हुने गर्छन । जसले गर्दा हाम्रा दैनिकी व्यवहारहरु असहज बन्दै छन् दैनिकी गाहे भैरहेको छ भने हामीले आफै पनि बुझ्न सक्छौ कि हामी स्वस्थ छैनौ ।
मानसिक स्वास्थ्य त्यस्तो अवस्था हा,े जब व्यक्तिले आफ्नो क्षमतालाई पहिचान गर्न, जीवनका तनावजन्य अवस्थासँग सामना गर्न तथा उत्पादनशील र लाभदायी हिसावले काम गर्न र समुदायमा केही योगदान गर्न सक्षम हुन्छ । कुनै पनि ब्यक्ति स्वस्थ रहन शारीरिक, मानसिक स्वास्थ्यको साथै सामाजिकको साथै आध्यात्मिक रुपले पनि स्वस्थ हुनु अत्याबश्यक छ ।
हाम्रो जीवनका हरेक कालखण्डमा आउने उतार चढाव, लागु पदार्थ दुव्र्यसनी,एक्लोपन ,गरिवी,वाच्न असहज अवस्था,असफलता, महामारी, द्वन्द्व ब्यस्त जीवनशैली, आधुनिक प्रविधि, प्राकृतिक प्रकोप, पारिवारिक बिखण्डन, घरेलु हिंसा, शारीरिक हिंसा, मानसिक हिंसा, तनाव, दीर्घ रोग, यौनदुव्र्यवहार, , जस्ता विभिन्न कारणले कुनै पनि व्यतिmका भावना, विचार, सोचाई र ब्यवहारमा असर गर्ने गर्दछ । विभिन्न स्वास्थ्य समस्याहरु जस्तै मानसिक स्वास्थ्य समस्याहरु पनि एक स्वास्थ्यमा आएका एक अफ्ट्यारा अवस्था हुन् जसको उपचारबारे धेरै जसो व्यतिmहरु अनभिज्ञ नै रहेका छन् ।
जब व्यक्तिका सोचाई व्यवहारमा नकारात्मक असर आउन थाल्छन् । उनीहरुको दैनिकीमा असर पर्न थाल्दछ । उनीहरु विनाकारण डराउने, मुटु जोडले ढुकढुक हुने, छाति दुख्ने बेलाबेलामा अनुहार एकदमै रातो हुने, सास फेर्न गाह्रो हुने, रिङ्गटा लाग्ने, हात खुट्टा काम्ने, झमझमाउने वा चिसो हुने,धेरै पसिना आउने मनमा छट्पटी भईरहने, ज्यादै झस्कने, तर्सने वा डराउने मुख सुक्ने वान्ता हुने, शरीर काम्ने दुख्ने,दिक्क मान्ने, शरीरका अंगहरु दुख्ने अत्यधिक मात्रामा रुने, ध्यान केन्द्रित गर्न नसक्ने, छटपटी हुनुे काममा धेरै सक्रिय वा निस्क्रिय हुने, निद्रा नलाग्ने, एक्लै बस्न मन लाग्ने चिड्चिडापन आउने, छिट्टै रिसाउने, आक्रामक व्यवहार देखाउने, एक्लोपन महशुस गर्ने, दुःखी महसुस गर्ने,आफु अनि अरुलाई चोट पुर्याउने व्यवहार गर्नु, नकारात्मक सोंच आउने, आत्महत्या समेत गर्ने, आदि लक्षणहरु देखिन थाल्छ ।
अहिले मानसिक तनाव, आत्महत्याका घटनाहरुको संख्या बर्षेनी बढ्दो अवस्थामै रहेको छ जो हामीहरुका लागि दुःखद कुरा हो । जब हामीले आफुमा आएको नकारात्मक असरहरुलाई केलाउन सक्छौ तव सामना व्यवहार पनि गर्न या खोज्न थाल्नु पर्दछ । स्वस्थ रहनको लागि शरीरको मात्र होइन मनको स्याहार गर्न जरुरी हुन्छ । जसरी हाम्रो शरीरमा चोट पटक लाग्यो कतै दुख्यो भने हामी उपचारको लागि अस्पताल जान्छौ । त्यस्तै मनमा समस्या मनमा नकारात्मक बिचारहरु आउन लागेको आफ्नो सोचाईमा ध्यान दिन जरुरी हुन्छ । आफुमा आत्म सचेतना ल्याउन सकियो भने आफुमा आएको समस्या पहिचान गर्न सक्यो भने समयमै ब्यबस्थित गर्न सकिन्छ ।जब हाम्रो मनमा भावनात्मक असर देखा पर्न थाल्दछ या महशुस हुन्छ समस्या सामना गर्ने तर्फ ध्यान दिनु पर्दछ ।
सामना ब्यबहारहरुः
आफनो भावनालाई अगाल्ने,अस्वभाविक व्यवहारलाई व्यवस्थापन गर्ने,मानसिक स्वास्थ्यको क्षेत्रमा काम गर्ने व्यक्तिहरुसँग सम्पर्क गर्ने, सामाजिक संजाल विस्तार गर्ने,आफनो व्यवहारमा आएको परिवर्तनको ख्याल गर्ने,खानपानमा ध्यान दिने, मनका समस्याहरुलाई बेवास्ता गर्ने, मन पर्ने ब्यबहार गर्ने जस्तै योगा, किताब पढ्ने,गीत सुन्ने,खेल खेल्ने,साथीहरुसंग घुम्न जाने,आफुलाई ब्यस्त राख्न प्रयास गर्ने , धेरै समय एक्लै नबस्ने,आफ्नो नियन्त्रण भित्रका क्रियाकलाप गर्ने, परिवारका सदस्यहरुसंग बसेर आफुले महशुस गरेका अनुभब सुनाउने,सकारात्मक सोच्ने,सकारात्मक सोच भएका आफुलाई मन पर्ने ब्यतिmहरु ब्यतिmहरुसंग सम्पर्कमा रहनु । यति गर्दा पनि पनि मनमा अफ्ट्यारो महशुस गरेमा मनोबिमर्शकर्ता,मनोबिद,मनोचिकित्सक संग भेटेर सहयोग लिनु पर्दछ ।
जसरी मेरो टाउको दुखेको छ भन्न सक्छौ त्यस्तै मेरो मन दुखेको छ भन्ने बानी पनि बसाल्नु पर्छ । यानिकी जसरी शारीरिक स्वास्थ्यको कुरा खुलेर गरिन्छ त्यसैगरी मानसिक स्वास्थ्यको पनि खुलेर कुरा गर्नु पर्छ , मानसिक समस्या, मनोसामाजिक समस्या देखा परेका व्यक्तिहरुलाई बिशेष स्यहार गर्नु पर्दछ । यो लाजको बिषय होईन समस्या तहगत कुरा गरेर मात्र नटुङ्याउ समस्याको जड सम्म पुगेर समाधान गर्ने बाताबरण निर्माण गर्नु पर्ने देखिन्छ ।
मानसिक समस्या मनोसामाजिक समस्या मात्र एउटा अबस्था हो यो जो कोहीलाई पनि हुन सक्छ सरुवा रोग होईन यसको उपचार हुन्छ कतिपय समस्याहरु मनोसामाजिक सहयोग, मनोविमर्शसेवा साईकोथेरापीबाट पनि निको हुन्छ औसधी खानु नपर्न सक्छ निको हुन सक्छ । भावनात्मक रुपमा अफ्ट्यारो महशुस गर्नु भएको छ भने सहयोग लिन सम्बन्धित स्थान सम्म पुगौ ।