Home / Feature Breaking news / मानवअधिकार संगठनको अध्यक्षमा आचार्य चयन

मानवअधिकार संगठनको अध्यक्षमा आचार्य चयन

दाङ,६ माघ । नेपाल मानव अधिकार सगठनको केन्द्रिय अध्यक्षमा महामुनिश्वर आचार्य चयन भएका छन । नेपाल मानवअधिकार सगठनको दाङमा सम्पन्न १४ औ राष्ट्रिय भेलाले आचार्यको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको हो ।

भेलाले सात प्रदेशका संयोजक पनि चयन गरिएको छ । जस अन्र्तगत प्रदेश नं. १को संयोजकमा सोमनाथ अधिकारी ‘सुसेली’, प्रदेश नं.को संयोजकमा २ शकरप्रसाद श्रेष्ठ, बागमति प्रदेशको संयोजकमा अप्सरा बस्नेत, गण्डकी प्रदेश संयोजकमा नरेन्द्र बास्तोला, प्रदेश नं. ५ को संयोजकमा सुर्दशन नेपाल, कर्णाली प्रदेशको संयोजकमा दिर्घराज अधिकारी र सुदुरपश्चि प्रदेशको संयोजकमा खड्ग बहादुर बिष्ट चयन भएका छन । प्रदेश संयोजकहरु सगठनको केन्द्रीय सदस्य हुने ब्यबस्था रहेको छ ।

बाँकी पदाधिकारीहरु सस्थाको बिधान अनुसार मनोनित गरिने भएको छ । भेलामा देशका ७१ जिल्लाका प्रतिनिधि र पर्यवेक्षकहरुको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*