Home / Feature Breaking news / अन्तरघाती नेतालाई हाम्रो साथ हुदैनः तरुण विद्यार्थीहरु

अन्तरघाती नेतालाई हाम्रो साथ हुदैनः तरुण विद्यार्थीहरु

तुलसीपुर, ६ असोज । नेपाली कांग्रेसमा आबद्ध तरुण विद्यार्थीहरुले अन्तरघात गर्ने पाटीका नेताहरुलार्इ साथ नदिने बताएका छन् । नेपाली काङ्ग्रेसको रुाष्ट्रिय जागरण अभियान अन्तर्गत कांग्रेस दाङ क्षेत्र नम्बर ३ ख को आयोजनामा तुलसीपुरमा आयोजित तरुण विद्यार्थीहरुसगको सुझाव तथा छलफल कार्यक्रममा नेविसंघ र तरुण दलका नेता कार्यकर्ताहरुले पार्टीमा मौलाउदै गएको अन्तरघातलार्इ समाप्त गर्न कडा रुपमा प्रस्तुत हुने चेतावनी दिएका हुन् ।

प्रतिनिधि सभा र प्रदेश सभामा मात्र नभई स्थानीय स्तरमा भएका अन्तर्घातलाइ पनि गम्भीर रुपमा लिनुपर्ने तर्क गर्दै ३ ख को उप निर्वाचनमा एक ढिक्का भएर पार्टीको उम्मेदवारलाई बिजयी बनाउन लागिपर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् । काङ्ग्रेस क्षेत्र नम्बर ३ ख का सभापति खिम बहादुर वmलीको अध्यक्षता तथा काङ्ग्रेसका केन्द्रिय प्रतिनिधि मोहन बरालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बोल्दै सम्बिधान सभा सदस्य तथा काङ्ग्रेस नेता बरालले अन्तर्घातिहरु अब समाप्त भएर जाने बताउनु भयो ।

dc

पार्टीमा बसेर पार्टीलाई घात गर्नेहरुको राजनिती अब धेरै समय नतिक्ने दाबी समेत गर्नुभयो । काङ्ग्रेस क्षेत्र नम्बर ३ का सभापति जगत बहादुर खड्का, नेपाली काङ्ग्रेसका महासमिती सदस्य केशब आचार्य, तरुण दलका जिल्ला अध्यक्ष टिका घर्ती, नेविसंघका पुर्ब केन्द्रिय उपाध्यक्ष प्रदीप खड्का, किसान संघका जिल्ला अध्यक्ष गोबर्धन शर्मा, ज्ञान प्रसाद सुवेदी, काङ्ग्रेस नेता लोकराज डागि लगायत तरुण विद्यार्थीहरुले आफ्नो धारणा राखेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*