घोराही, ८ चैत
महेन्द्र बहुमुखी क्याम्पस घोराहीको स्ववियू निर्वाचनमा २१ सय बढि मत खसेको छ । क्याम्पसको आज बुधवार भएको निर्वाचनमा २ हजार १ सय ३२ विद्यार्थीहरुले मतदान गरेका छन् ।
क्याम्पसमा कुल ५ हजार ९ सय २० विद्यार्थी अध्ययनरत छन् ।
विहान ८ बजेदेखी सुरु भएको निर्वाचन अपराह्न ४ बजे सकिएको छ । मतदानमा विद्यार्थीहरुको उत्साहजनक सहभागीता रहेको थियो ।
निर्वाचनमा सुरक्षा व्यवस्था एकदमै कडा पारिएको थियो । नेपाल प्रहरी र सशस्त्र प्रहरीको बाक्लो उपस्थिति रहेको थियो ।
तस्वीरहरु