Home / Feature Breaking news / गैरसांसदलाई मन्त्री बनाउन प्रधानमन्त्री प्रचण्डलाई ओलीको दबाब
फाईल फोटो

गैरसांसदलाई मन्त्री बनाउन प्रधानमन्त्री प्रचण्डलाई ओलीको दबाब

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर गैरसांसदलाई मन्त्री बनाउन दबाब दिएका छन् । आइतबार साँझ प्रधानमन्त्री प्रचण्डलाई भेट्‌न बालुवाटार पुगेका ओलीले करिब साढे दुई घण्टा छलफल गरेर गैरसांसदलाई मन्त्री बनाउन दबाब दिएका हुन् ।

शुक्रबार नागरिकता विवादमा सर्वोच्‍च अदालतले सांसद र राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति पद खारेज गरेसँगे उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले राजीनामा दिएका थिए । रविले राजीनामा दिएर आइतबार नागरिकता लिएपछि ओलीले रविलाई गैरसांसद भएपनि मन्त्री बनाउन दबाब दिएको स्रोतले इकागजलाई बतायो ।

‘हिजो साँझ ओली र प्रचण्डबीच करिब साढे दुई घण्टा छलफल भयो’ प्रचण्ड निकट एक नेताले इकागजसँग भने ‘उहाँले बारम्बार रवि गैरसांसद भएपनि गृहमन्त्री बनाउन दबाब दिइरहनु भयो ।’ ति नेताका अनुसार प्रधानमन्त्री प्रचण्डले छलफल गरेर अगाडि बढ्‌ने ओलीलाई जवाफ दिएका थिए ।

प्रचण्ड र ओलीको छलफल सकिएलगत्तै आइतबार साँझ रवि पनि प्रधानमन्त्री प्रचण्डलाई भेट्‌न बालुवाटार पुगेका थिए । प्रधानमन्त्रीसँगको छलफलमा रविले आफु फेरि गृहमन्त्री बन्‍न चाहेको प्रष्ट बताएको ति नेताले जानकारी दिए । गैरसांसद ६ महिनासम्म मन्त्री बन्‍न पाउने भन्दै त्यसपछि उपनिर्वाचनबाट आफु जितेर आउने रविको तर्क थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*