Home / Feature Breaking news / प्रेस युनियनको पदाधिकारीमा क–कस्को दाबी ?

प्रेस युनियनको पदाधिकारीमा क–कस्को दाबी ?

काठमाडौं, २५ असार । नेपाली कांग्रेस निकट पत्रकारहरुको संस्था प्रेस युनियनको आसन्न महाधिवेशनमा अध्यक्षको उम्मेदवारका लागि आधा दर्जन बढीले दाबी गरेका छन् ।

अध्यक्षको दाबी गर्नेमा शिल लम्साल, दीपक आचार्य, अनिता विन्दु, सरोज अधिकारी, रामप्रसाद दाहाल, सन्तोष न्यौपाने, भुवन भट्ट, उमिद वागचन्द, दामोदर दवाडी लगायत छन् ।

संस्थापन पक्षबाट उम्मेदवारी घोषणा गरेकामध्ये अनिता विन्दु र सरोज अधिकारी बलियो दाबेदार हुन् । युनियनको अध्यक्षको उम्मेदवार घोषणा गरेकी अनिता विन्दु पत्रकार महासंघको पूर्वउपाध्यक्ष समेत हुन् ।

विन्दुले युनियनको पूर्वउपाध्यक्षको जिम्मेवारीसमेत निर्वाह गरिसकेकी छन् । संस्थापन पक्षबाटै दाबी गर्ने अधिकारी युनियनको वर्तमान कोषाध्यक्ष हुन् ।

यता, संस्थापनइतरबाट वरिष्ठ उपाध्यक्ष दीपक आचार्य र पूर्व महासचिव शिव लम्सालको दाबी रहेको छ । यस्तै अध्यक्षमा आकांक्षा राख्ने सन्तोष न्यौपाने प्रेस युनियनका पूर्वसचिव हुन् ।

पत्रकार महासंघको निर्वाचनमा अध्यक्षको दाबीबाट पछि हटेका रामप्रसाद दाहाल पनि युनियनको अध्यक्षको आकांक्षी हुन् । उनी पार्टीभित्रको कुनै समूहमा भने देखिएका छैनन् ।

वरिष्ठ उपाध्यक्षमा लीलाराज खनाल, निरज खतिवडा लगायतले प्रतिस्पर्धा गर्ने घोषणा गरेका छन् । उपाध्यक्षमा दिलिपाश्री अधिकारी, सलोजा दाहाल, ऋषिकान्त पौडेल, कल्पना शर्मा, जनार्दन घिमिरेलगायतले दाबी गरेका छन् ।

कार्यवाहक महासचिव भीष्मराज ओझा, सचिव खिला कार्कीले महासचिवको उम्मेदवारी घोषणा गरेका छन् भने केन्द्रीय सदस्यत्रय दिलिप पौडेल, रमेश वाग्ले, शिवराज योगीले महासचिवको उम्मेदवारको आकांक्षा देखाएका छन् ।

महासचिवको उम्मेदवारी घोषणा गर्नेमा काठमाडौं शाखाका पूर्वअध्यक्ष नकुल अर्याल, कञ्चनपुर शाखाका पूर्वसचिव केशव साउद, विमल ज्ञवालीलगायतले उम्मेदवारी घोषणा गरेका छन् ।

उपमहासचिवमा चारजनाले उम्मेदवारी घोषणा गरेका छन् । सुलोचना गौतम, युवराज गौतम, भुवन शर्मा, कुसुम बिक (सेन्चुरी) उक्त पदका लागि दाबी गरेका छन् । माधव धिताल, मित्र भण्डारी, पदम जोशीलगायतले कोषाध्यक्षको उम्मेदवारी घोषणा गरी प्रचारमा लागेका छन् ।

सचिवमा खगेन्द्र भण्डारी, तीर्थराज बस्नेत, लोकेन्द्र भट्ट, मेनुका ढुंगाना, राधा खनाल, विजय रेग्मी, कालिका महत, एलपी देवकोटा, टिकाराम सुनार लगायतले दाबी गरेका छन् । युनियनको महाधिवेशनका लागि सहजीकरण गर्नका लागि पार्टीले प्रवक्ता डा प्रकाशशरण महतलाई जिम्मेवारी दिएको छ । नयाँ कार्यसमिति सर्वसहमत बनाउनका लागि बिहीबार महतले अध्यक्षका प्रत्यासीसँग छलफल राखेका थिए ।

सर्वसहमतिमा नेतृत्व चयन गरि सकरात्मक सन्देश दिने प्रयास भइरहेको वर्तमान अध्यक्ष बद्री सिग्देलले जानकारी दिए ।

युनियनको ९औं महाधिवेशन साउन ६ र ७ गते मकवानपुरको हेटौंडामा हुने गरी समय तोकिएको छ । तीन वर्षे कार्यकाल हुने युनियनमा वर्तमान कार्यसमितिले आठ वर्ष विताएको छ । ०७१ भदौमा ८ औं महाधिवेशन भएको थियो । महाधिवेशनका लागि मनोनितबाहेकका एक हजार ६२० प्रतिनिधि चयन भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*