Home / Feature Breaking news / राप्ती आँखा अस्पताललाई एम्वुलेन्स

राप्ती आँखा अस्पताललाई एम्वुलेन्स

तुलसीपुर, १९ असार । राप्ती आँखा अस्पताललाई सुविधा सम्पन्न एम्बुलेन्स सहायता प्राप्त भएको छ । भारतीय सरकारले अनुदान सहायता उपहारस्वरुप आइतवार एक कार्यक्रमका बीच भारतीय राजदूजावासमा सो एम्बुलेन्स अस्पताललाई हस्तान्तरण गरिएको हो ।

नेपाल–भारत मैत्री विकास साझेदारी कार्यक्रमअन्तर्गत एम्बुलेन्स र स्कुल बसहरु उपहारस्वरुप हस्तान्तरण समारोहमा नेपाल नेत्रज्योति संघका केन्द्रीय सदस्य तथा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णकुमार गिरीलाई नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले उक्त एम्बुलेन्सको चावी हस्तान्तरण गरेका हुन् ।

उपहारस्वरुप प्राप्त एम्बुलेन्स सुविधासम्पन्न भएको अध्यक्ष गिरीले बताए । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलको उपस्थितिमा नेपालस्थित भारतीय राजदूतावासले राप्ती आँखा अस्पतालसँगै विभिन्न संघसंस्थाहरूमा एम्बुलेन्स र विद्यालय बस उपहार दिइएको हो ।

नेपालका विभिन्न जिल्लामा अवस्थित विशेष गरी स्वास्थ्य र शिक्षाको क्षेत्रमा काम गर्ने विभिन्न सरकारी, गैरसरकारी तथा गैर नाफामूलक संस्थाहरूलाई एम्बुलेन्स र बस उपलब्ध गराएको दूतावासले जनाएको छ । एम्बुलेन्स र बस प्रदान गरिएको कार्यक्रममा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव सहभागी थिए ।

श्रीवास्तवले सम्बन्धित विभिन्न बस र एम्बुलेन्स प्रदान गरिएका संस्थालाई चाबी प्रदान गरेका थिए । यो सहयोग भारत स्वतन्त्र भएको ७५औं वर्षगाँठको अवसरमा प्रदान गरिएको हो । भारतले सन् १९९४ यता नेपालका विविध जिल्लामा अवस्थित विभिन्न संस्थाहरूलाई ९४० वटा एम्बुलेन्स र १८४ वटा विद्यालय बस उपहारस्वरूप प्रदान गरिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*