Home / Feature Breaking news / घोराही उपमहानगरपालिका–१९ मा गठबन्धनका रायमाझी बिजयी

घोराही उपमहानगरपालिका–१९ मा गठबन्धनका रायमाझी बिजयी

दाङ,१ जेठ । घोराही उपमहानगरपालिका वडा नं. १९ मा गठबन्धनका उम्मेदवार ज्ञानबहादुर रायमाझी बिजयी भएका छन् ।

गठबन्धनमा नेपाली कांग्रेसबाट वडा अध्यक्षका उम्मेदवार बनेका रायमाझीले एक हजार ७६९ मत ल्याएर बिजयी भएका हुन । उनीसँगै १९ नम्वर वडामा गठबन्धनको सम्पूर्ण टिम बिजयी भएको हो ।

उनका प्रतिस्पर्धी नेकपा एमालेका हर्क घर्तीले ८६३ मत प्राप्त गरेर पराजित भएका हुन । पराजित घर्ती २०७४ सालको स्थानीय तह निर्वाचनमा एमालेबाट वडा अध्यक्षमा बिजयी भएका थिए । घोराही–१९ मा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाको गठबन्धन रहेको थियो ।
वडा नं. १९ को मत परिणाम
गठबन्धन
मेयरः १७७७
उपमेयर :१७६१
वडा अध्यक्ष : १७६९ बिजयी
महिला सदस्य : १७३५ बिजयी
दलित महिला  :१६०१ बिजयी
खुला सदस्य  :१७०० बिजयी
खुला सदस्य : १६८९ बिजयी
नेकपा एमाले
मेयरः ८८५
उपमेयर :८४४
वडा अध्यक्ष : ८६३ पराजित
महिला सदस्य : ८५० पराजित
दलित महिला : ९०६ पराजित
खुला सदस्य : ८४५ पराजित
खुला सदस्य  :८५८ पराजित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*