Home / Feature Breaking news / कांग्रेस दाङको सभापतिमा शंकरप्रसाद डागी

कांग्रेस दाङको सभापतिमा शंकरप्रसाद डागी

दाङ,१२ मंसिर । नेपाली कांग्रेस दाङ जिल्लाको सभापतिमा शंकर डाँगी निर्वाचित भएका छन् । शनिबार भएको निर्वाचनमा शंकर डाँगीले ७ सय ७६ र अर्का उम्मेदवार भुपबहादुर डाँगीले ५ सय ४५ मत ल्याएका थिए । त्यस्तै सभापतिका उम्मेदवार जानकीलाल बस्नेतले ४ सय ७१ र कमल किशोर घिमिरेले ३ सय १५ मत लिएका थिए ।

प्रथम हुने उम्मेदवारको ५ सय १५ मत नआएपछि सभापतिको लागि आज आइतबार पुनः निर्वाचन हुने भनिएको भएपनि सहमति पश्चात् शंकरप्रसाद डाँगी जिल्ला सभापति भएको जिल्ला निर्वाचन समितिले जनाएको छ ।

सभापति पदका मुख्य प्रतिष्प्रर्धी भुपबहादुर डाँगी र शंकर डागीबीच भएको समहतिपश्चात शंकरप्रसाद डाँगी जिल्ला सभापति भएका हुन् । प्रतिष्प्रर्धी भुपबहादुर डाँगीले उनलाई सभापतिमा समर्थन गरेपछि सभापति घोषणा गरिएको हो ।

विद्यार्थी राजनीतिबाट प्रवेश गरेका डाँगी पार्टीका लागि जहिले पनि हक्की स्वभावका रूपमा उभिन्छन् । तेह्रौँ महाधिवेशनमा लोकप्रिय मत लिएर जिल्ला सचिवमा निर्वाचित भएका डाँगी यसपालिको अधिवेशनमा सभापतिका रूपमा उभिएका छन् । उनी सभापतिका लागि बलियो उम्मेदवार मानिन्छन् ।

नेविसंघको साविक बाघमारे गाविसको सचिव भएर संगठन बिस्तार गर्दै आएका डाँगीको सांगठनिक कुशलताका कारण पनि नेविसंघ क्षेत्र नं. ३ का क्षेत्रीय सचिव रहेर काम गरिसकेका छन् ।२०५५ सालमा महेन्द्र बहुमुखी क्याम्पस दाङका स्ववियु सभापति भएका डाँगी २०५७ सालमा नेविसंघ दाङका जिल्ला अध्यक्ष भएर नेतृत्व गरिसकेका छन् ।

२०५९ सालमा नेविसंघको केन्द्रीय सदस्य भएर राजनीतिक यात्रालाई केन्द्रीय राजनीतिसँग जोड्न उनी सफल भए । पार्टीको बाह्रौ अधिवेशनमा जिल्ला सदस्य भएका डाँगी भएका डाँगी सोही कार्यकालमै सचिवमा मनोनित भएका हुन् । तेह्रौ अधिवेशनमा सचिवमा निर्वाचित भएका हुन् ।

आन्दोलनको अग्रमोर्चामा रहेर पार्टीका लागि धुरी खाबो भएर उभिने डाँगी नेतृत्वका लागि काबिल मानिन्छन् । पार्टीका भातृ संगठनमा रहँदा पार्टीका लागि रक्षात्मक भूमिका खेल्दै आएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*