Home / Feature Breaking news / गोल्ड मेडल जित्दा…

गोल्ड मेडल जित्दा…

तेक्वान्दो खेल क्षेत्रमा लागे पनि उनीसँग राष्ट्रिय खेलको धेरै अनुभव थिएन । जिल्ला तथा क्षेत्रीय स्तरका खेलहरू धेरै खेले पनि राष्ट्रिय स्तरको एउटा मात्र खेलको अनुभव थियो । त्यसका कारण पनि उनलाई धेरै सिक्नुपर्ने थियो । त्यही समयमा सन् २०१९ को अन्त्यतिर भारतको कलकत्तामा ओपन च्याम्पियनसिप प्रतियोगिता हँुदै थियो । प्रतियोगिताबारे मलाई चितवनबाट रोशन गुरूले खबर गर्नुभयो । प्रतियोगितामा व्यक्तिगत रूपमा सहभागी हुन पाइने भएपछि नेपालका धेरै खेलाडीहरूसँगै दाङबाट म सहभागी भएको थिएँ ।

कलकत्ता सिटीले आयोजना गरेको उक्त प्रतियोगितामा भारत, नेपाल, श्रीलङ्का, भुटान र माल्दिभ्सलगायतका देशका खेलाडीहरूको सहभागिता थियो । तेक्वान्दो प्रतियोगिता उमेर समूहमा प्रतिस्पर्धा गर्नुपर्ने खेल भएकाले मैले ४६ केजी तौल समूहमा प्रतिस्पर्धा गरेको थिएँ । सो तौल समूहको खेलमा मैले चार जनासँग प्रतिस्प्रर्धा गरेर पहिलो पटक अन्तर्राष्ट्रिय भूमिमा गोल्डमेडल जितेँ । त्यो क्षण नै जीवनको सबैभन्दा खुशीको क्षण भएको तेक्वान्दो खेलाडी सुनिता बिष्टले बताइन् ।

‘खेलका क्रममा धेरै मेडलहरू जितेको थिएँ तर ती मेडलहरू आफ्नै ठाउँमा जितेका थिए’–उनले भनिन्–‘तर अन्तर्राष्ट्रिय स्तरमा भारतको प्रतियोगिता मेरो लागि नयाँ थियो ।’ त्यसैमा धेरै राष्ट्रका खेलाडीहरू सहभागी थिए । प्रतियोगितामा गोल्डमेडल जित्दाको क्षण मेरो जीवनको सबैभन्दा खुसीको क्षण थियो । जुन क्षण मेरा लागि केहीबेर पत्याउनै गाह्रो भइरहेको थियो । बिष्टले प्रतियोगितामा आयोजक कलकत्ताकी खेलाडीलाई हराएर गोल्डमेडल हात पारेकी थिइन् । उनले प्रतियोगितामा मेडलसहित ट्रफी, प्रमाणपत्र प्राप्त गरिन ।

त्यही प्रतियोगितामा गोल्डमेडल जितेपछि उनलाई घोराही उपमहानगरपालिकाले सम्मान समेत गरेको थियो । त्यो क्षण पनि आफ्ना लागि खुसीको क्षण भएको उनी सम्झिन्छिन् । पढाइमा अब्बल सुनितालाई सानोमा नर्स बन्ने सपना थियो । त्यही अनुसार पढाइमा समेत मिहिनेत गर्थिन् । जसले गर्दा उनी कक्षा १ गतेदेखि ५ सम्म सधैँ प्रथम नै भइन् । माथिल्लो कक्षा अध्ययनका क्रममा प्रथम स्थान हासिल गर्न नसके पनि राम्रो अंक ल्याएर पास गरिन् ।

पढाइप्रतिको छोरीको लगावले गर्दा पनि होला घरपरिवारले सधैँ पढाइमा हौसला दिने काम गर्नुभयो । रोल्पाको लुंग्रीबाट औपचारिक शिक्षा सुरु गरेकी सुनिताले कपिलवस्तु हुँदै दाङको घोराही उपमहानगरपालिका–१० मा रहेको जनजागृति माध्यमिक विद्यालयमा पढ्न थालेकी थिइन् । उनको परिवार रोल्पाबाट घोराही उपमहानगरपालिका–१२ को हापुर सिस्नेरीमा आएकाले उनले दाङमा पढ्न थालेकी थिइन । पढाइ राम्रै थियो ।

छोरीले पढाइमा राम्रो गरिरहेकाले पढेर राम्रो जागिर खान्छे भन्ने घरपरिवारमा विश्वास थियो । उनले जनजागृति माविमा कक्षा ७ मा पढ्दै थिइन् । एकदिन उनलाई घरबाट नारायणपुर बजार जाने काम प¥यो । उनको घरबाट नारायणुर जानलाई करिब हिडेर एक घण्टा लाग्ने गर्दथ्यो । घरबाट नारायणपुर बजार जाँदै गर्दा उनले नारायणपुरको वीपी बाटिकाको खुल्ला मैदानमा सेता कपडा लगाएर खेलिरहेका आपूmजस्तै केटाकेटीहरूलाई देखिन् । तर, त्यो कुन खेल हो, उनलाई सुरुमा थाहा थिएन । त्यो दृश्यले उनलाई तान्यो र आज सुनिता तेक्वान्दो खेलमा भविष्य खोजिरहेकी छिन् ।

‘सेता कपडा लगाएर मलाई उनीहरूजस्तै खेल्न रहर थियो तर घरमा भन्दा बुबाआमाले सुरुमा मान्नु भएन तर मैले बुबाआमालाई घरमा भनिरहेँ, निरन्तर रूपमा’–सुनिता भन्छिन्–‘सुरुमा हातखुट्टा भाँचिने खेल खेल्नु हुँदैन भन्नुभयो तर मेरो जिद्धिपनले गर्दा केही दिनपछि बुबाले मलाई खेल्न पर्मिशन दिनुभयो, त्यो क्षण मेरो जीवनको खुशीको अर्काे खुशीको क्षण हो ।’ उनी सम्झिन्छिन् सायद बुबाले मलाई खेल्नका लागि अनुमति नदिएको भए आज मलाई घरपरिवार र आफन्त बाहेक अरु कसैले चिन्ने थिएनन् होला ।

घरपरिवारबाट अनुमति पाएपछि उनी खेल्न थालिन् । त्यो बेला उनले पढ्ने विद्यालयमा पनि तेक्वान्दो खेलाउन थालिएको थियो । करिब ३० देखि ३५ जनाको समूह थियो । तर, त्यो समूहमा सुनिता एक्ली केटी थिइन् । करिब ३–४ महिना भएपछि केटाहरूले खेल छोड्दै गए । तर सुनिताले खेल्न छोडिनन्, उनी निरन्तर रूपमा लागिरहिन् । बरु लम्डरुवा विद्यालयको ग्राउण्डमा सँगै खेल्ने साथी नभएपछि उनी खेल्नैका लागि नारायणपुरसम्म पुग्न थालिन् ।

‘लम्डरुवा विद्यालयको ग्राउण्डमा सिक्दा केटाहरू मात्र भए पनि घर नजिकै भएकाले मलाई सजिलो भएको थियो तर त्यहाँ सिक्ने सबैले छोडेपछि म खेल्नकै लागि नारायणपुर जानुपर्ने भयो’–उनले भनिन्–‘साथीहरू स्कूल बिदा भएपछि घरतिर जान्थे तर म भने नजिकै फुपुको घरमा किताब राखेर गेम सिक्न नारायणपुर जान थालेँ ।’ गेम खेलेर घर जाँदा कहिलेकाहीँ रात पथ्र्यो । त्यस्तो बेला घरमा खेल्न छोडेर पढाइमा ध्यान दिन आग्रह गर्नुहुन्थ्यो तर मेरो नसा भने खेल क्षेत्रमै बढ्दै गयो ।

त्यही नसाका कारण अहिले उनी आपूm खेल्दै आपूm जस्तै नयाँ खेलाडी समेत उत्पादन गर्ने कार्यमा लागिरहेकी छिन् । सानोमा नर्स बन्ने सपना देखेकी सुनिता अहिले आफ्नो खेल जीवनबाट पनि खुशी छिन् । बिष्ट २०५६ साल असार ३० गते रोल्पाको लुंग्री गाउँपालिका–८ गुम्चलमा बुबा जगत बिष्ट र आमा ज्ञानु बिष्टको कोखबाट दोस्रो सन्तानका रूपमा जन्मिएकी हुन् । उनका एक दिदी, एक बहिनी र दुई भाइहरू छन् ।

रोल्पाको लुंग्रीमा रहेको जनजागृती प्राथमिक विद्यालयबाट औपचारिक पढाई सुरु गरेकी बिष्टले ३ कक्षासम्म सोही विद्यालयमा पढिन् । त्यसयपछि कक्षा ४ र ५ कपिलवस्तु जिल्लाको आदर्श प्राथमिक विद्यालयमा पढेकी उनले ६ कक्षादेखि १० सम्म घोराही उपमहानगरपालिका–१० मा रहेको जनजागृति माध्यमिक विद्यालय लुम्डरुवामा पढिन् ।

लमडरुवाबाट एसएलसी पास गरेकी बिष्टले घोराहीमा रहेको पद्मोदय पब्लिक नमुना माध्यमिक विद्यालयबाट व्यवस्थापन संकायमा प्लस टु पास गरिन् । अहिले तेक्वान्दो खेलाडी बिष्ट घोराहीमा रहेको महेन्द्र बहुमुखी क्याम्पसमा व्यवस्थापन संकायमा स्नातक तहमा अध्ययनरत छिन ।खेल क्षेत्रमा क्रियाशील बिष्टले खेलका क्रममा तथा पढाइको समयमा विद्यालयबाट धेरै पुरस्कार तथा सम्मान प्राप्त गरेकी छिन् ।

त्यसमध्ये उनलाई सम्झनलायक भनेको सन् २०१९ मा भारतको कलकत्तामा भएको गेममा गोल्डमेडल जितेपछि घोराही उपमहानगरपालिकाले गरेको सम्मान हो । बिष्ट दाङ जिल्ला तेक्वान्दो संघकी कार्यसमिति सदस्य, अल्फा तेक्वान्दो डोजाङलगायतका संघसंस्थाहरूमा आबद्ध रहेकी छिन् । उनी अहिले आफ्नो करिअर तथा खेल क्षेत्रको विकासका लागि क्रियाशील छिन् ।

प्रस्तुती : लिलाधर वली

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*